Like us!
Follow us!
Connect us!
Watch us!

हुम्लामा होटल व्यवसाय गर्नेदेखि तराईमा आपँ र पोखरामा समग्र कृषि व्यवसाय गर्नेसम्मका आए नयाँ आइडियाहरु

आइतबार, २४ पुस २०७३, १५ : २२ मा प्रकाशित

हुम्लामा होटल व्यवसाय गर्नेदेखि तराईमा आपँ र पोखरामा समग्र कृषि व्यवसाय गर्नेसम्मका आए नयाँ आइडियाहरु

अर्थ संसार 

काठमाडौं– तपाईंले इमर्जिङ नेपालले मागेको नयाँ आइडियामा काम गर्न प्रस्ताव बुझाउनु भयो ? देशमा फरक ब्यवसाय गर्ने सोच बनाउनेहरुका लागि इमर्जिङ नेपाल लिमिटेडले स्थापना गरेको स्टार्ट अप फन्डमा नयाँ सोचका १५ वटा प्रस्ताव दर्ता भएका छन् । सरकारको समेत लगानी रहेको इमर्जिङ नेपालले १ करोड रुपैयाँभन्दा माथिका परियोजनाका इक्युटीमा लगानी गर्ने घोषणा गरेको थियो । कम्पनीले पुस १४ गतेसम्म आफ्नो आइडिया बुझाउन आह्वान गरेको थियो ।

कम्पिनीले १५ वटा आइडिया प्राप्त गरेको जानकारी प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयले दिए । पहिलो चरणमा युवाहरुको उत्साहजनक सहभागीताले आफूहरु खुशी भएको उनले बताए ।नेपालको पूर्वदेखि पश्चिम क्षेत्रबाट प्रस्ताव आएका छन् । विभिन्न टाउँबाट आएका आइडियामध्ये केही आइटी क्षेत्रको रहेको आत्रेयले बताए । उनले केही होटल क्षेत्रसँग सम्बन्धित रहेको, केही सेवा क्षेत्र र केही अनलाईन सेन्टर र सपिङ सेन्टरसँग सम्बन्धित रहेको जानकारी उनले दिए ।

‘नेपालको हुम्ला क्षेत्रमा होटल व्यवसाय खोल्नेदेखि तराईमा आपँको व्यवसाय गर्नेसम्मका प्रस्ताव आएका छन्,’ उनले भने, ‘पोखरामा समग्र कृषि व्यवसाय गर्नेजस्ता प्रस्तावसमेत दर्ता भएका छन् ।’ नेपालभरिको जानकारी एउटा वेभसाईटमा राखेर पढ्दै गरेका विद्यार्थीहरुले त्यहाँबाट डाउनलोड गरेर पढ्न सक्ने खालका आइडिया पनि आएको उनले जानकारी दिए ।

विभिन्न टाउँबाट आएका आइडियामध्ये संचालक समितिको बैठक बसेर छनौट गरिने कम्पनीले जनाएको छ । ‘भोलिका दिनमा नेपालमा दिगो विकास गर्ने, रोजगार सिर्जना गर्ने खालका आइडियामा लगानी गर्ने योजना बनाएका छौं,’ प्रमुख कार्यकारी अधिकृत आत्रेयले भने ।कम्पनीले इक्युटीमा पूँजी प्रवाह गर्न पहिलो चरणमा अबधारणापत्र मागेको थियो  । ती कम्पनीमध्ये छनौटमा परेका परियोजनाहरुको दोस्रो चरणमा विस्तृत ब्यवसाय प्रस्ताव तयार गरी लगानी गरिने आत्रेयले जानकारी दिए । सबै परियोजनाको मूल्यांकन तथा छनौट कम्पनीको संचालक समितिले गरेर दिगो विकासका योजनाहरुलाई मात्र अगाडि बढाउने उनले जानकारी दिए ।

इमर्जिङ नेपाल कम्पनीमा सरकारको शून्य दशमलव ५ प्रतिशत लगानी छ । त्यस्तै निजी क्षेत्रका आएमइ समुह, विशाल समुहलगायत २७ ब्यक्ति तथा समुहको लगानी छ । अधिकृत पूँजी ५ अर्ब भएको कम्पनीको चुक्ता पूँजी १० करोड छ ।

विशेष गरी देशको आर्थिक विकासको मुख्य आधार पूर्वाधार विकासका लागि लगानी गर्ने, नेपाल सरकारसँग सम्बन्धित विभिन्न निकायहरुलाई परामर्श सेवा उपलब्ध गराउने, राष्ट्रलाई आर्थिक, शैक्षिक, मेडिकल, टुरिज्म हबका रुपमा विकास गर्ने, नेपाल सरकारसँग समन्वय गरी रुग्ण उद्योगहरुमा लगानी गरेर अथवा ब्यवस्थापन करारमा लिएर संचालन गर्ने जस्ता उद्देश्य लिएर कम्पनी स्थापना भएको आत्रेयले बताए ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको