Like us!
Follow us!
Connect us!
Watch us!

राजेन्द्र कुमार पौडेल सचिवमा बढुवा

अर्थ संसार

सोमबार, २२ मंसिर २०८२, २१ : २० मा प्रकाशित

राजेन्द्र कुमार पौडेल सचिवमा बढुवा

सरकारले सहसचिव राजेन्द्र कुमार पौडेलको बढुवा गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

‘नेपाल प्रशासन सेवा समूहिकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सहसचिव राजेन्द्र कुमार पौडेललाई बढुवा गर्ने निर्णय भएको छ,’ उनले मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै भने ।

पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ताको रुपमा कार्यरत थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको