नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको १ हजार ३०० रुपैयाँ र चाँदी ८५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा ८५ रुपैयाँले घटेर प्रतितोला ३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस