Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएन इन्फ्रास्ट्रक्चरले कुमारी बैंक र मेरो लघुवित्तमा रहेको सेयर बेच्दै

अर्थ संसार

सोमबार, २२ मंसिर २०८२, ०८ : २९ मा प्रकाशित

एनआरएन इन्फ्रास्ट्रक्चरले कुमारी बैंक र मेरो लघुवित्तमा रहेको सेयर बेच्दै

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो स्वामित्वमा रहेको कुमारी बैंक लिमिटेड र मेरो माइक्रो फाइनान्सको सेयर बिक्री गर्ने भएको छ । कम्पनीले कुबारी बैंकमा रहेको ५ लाख ३० हजार कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ७८ हजार २०९ कित्ता सेयर बिक्रीमा राखेको हो । 

संस्थापक सेयर बिक्री गर्दा शुरूमा सम्बन्धित कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिनु पर्ने व्यवस्था भएकाले हाल सम्बन्धित कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै उक्त सेयर खरिद गर्न पाउने छन् । सेयर खरिद गर्न इच्छुक कुमारी बैंकका संस्थापक सेयरधनीले काठमाडौंको टंगालस्थित बैंकको प्रधान कार्यालयमा र मेरो माइक्रोफाइनान्सका सेयरधनीले काठमाडौंको सितापाइलास्थित कम्पनीको सम्पर्क कार्यालयमा आवश्यक कागजात सहित ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर र मूल्य समेत खुलाई निवेदन दिनु पर्नेछ ।

तोकिएको समयावधिभित्र सम्बन्धित कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको