Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा विमानस्थल भ्रष्टाचार आरोपमा ५ पूर्वमन्त्री विरुद्ध अख्तियारको मुद्दा

अर्थ संसार

आइतबार, २१ मंसिर २०८२, १६ : ४२ मा प्रकाशित

पोखरा विमानस्थल भ्रष्टाचार आरोपमा ५ पूर्वमन्त्री विरुद्ध अख्तियारको मुद्दा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जना पूर्वमन्त्री सहित ५५ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा लगेको छ । दर्ता हुने क्रममा रहेको मुद्दाको मिसिलमा ८ अर्ब बिगो दाबी गरिएको हो । 

अख्तियारले पूर्व मन्त्रीहरू डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दिपक अमात्यलाई विपक्षी बनाएको छ । त्यस्तै १० जना तत्कालीन सचिवहरुलाई पनि विपक्षी बनाइएको अख्तियार स्रोतले जनाएको छ । पूर्वमन्त्रीमध्ये तत्कालिन माओवादी नेता बोगटीको निधन भइसकेको छ । उनी त्यसबेला पर्यटनमन्त्री थिए । त्यस्तै कांग्रेस नेता शामशरण महत हाल अल्जाइमरका कारण स्मरण शक्ति कमजोर भएर सक्रिय राजनीतिमा छैनन् ।

एमाले नेता भीम आचार्य विघटित प्रतिनिधिसभा सदस्य हुन् । दिपक अमात्य पूर्व पर्यटनमन्त्री हुन् । रामकुमार श्रेष्ठ भने खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा पर्यटनमन्त्री बनेका थिए । श्रेष्ठ यसअघि अख्तियारले दायर गरेको अकुत सम्पत्ति आर्जनको मुद्दामा पनि विशेष अदालतबाट दोषी ठहर भइसकेका छन् । अख्तियारले नागरिक उड्डन प्राधिकरणका तत्कालीन महानिर्देशक रतिस चन्द्र लाल सुमन, तत्कालीन प्रोजेक्ट म्यानेजर हाल क्यानका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसहित ५५ जनालाई प्रतिवादी बनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको