अर्थ संसार, सप्तरी– बालिकालाई बलात्कार गरेको आरोपमा घरमा पाहुना आएका ७४ वर्षीय व्यक्ति आज पक्राउ परेका छन् ।
इन्सेक सप्तरीले ११ महिनाका अवधिमा सप्तरीमा ३३ बालिका बलात्कृत र १३ बालिकामाथि बलात्कार प्रयासको घटना भएको प्रतिवेदन सार्वजनिक गरेकै दिन बालिका बलात्कारको आरोपमा तिरहुत गाउँपालिकाका महावीर सरदार पक्राउ परेका हुन् ।
घरका परिवारका सदस्य धानबाली भित्र्याउन खेत गएका बेला सरदारले बिहीबार दिउँसो बलात्कार गरेको पीडितले बताइन् । पीडितका साथ राजविराज आएकी उनकी आमाले आज जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा आज स्वास्थ्य परीक्षण भएको अस्पतालले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस