Like us!
Follow us!
Connect us!
Watch us!

१ करोड ठगी गर्ने महिला पक्राउ

शनिबार, ०८ मंसिर २०७५, ११ : ३२ मा प्रकाशित

१ करोड ठगी गर्ने महिला पक्राउ

अर्थ संसार, काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले क्यानडा पठाइदिने प्रलोभनमा पारी मानव बेचविखन गर्ने एक महिलालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले क्यानडामा आकर्षक रोजगारीको प्रलोभनमा पारी नक्कली कागजातसमेत बनाई भारतसम्म पुर्याइ पीडितबाट प्रतिव्यक्ति रु सात लाखदेखि रु १२ लाखसम्म लिई मानव बेचविखन गर्ने मकवानपुरकी ३७ वर्षीया सुनिता तिवारी वाइवालाई शुक्रबार पुतलीसडकबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रहरी नायब उपरीक्षक राजकुमार सिलवालले वाइवाले शिक्षा मन्त्रालयबाट स्वीकृति नलिई काठमाडौँको पुतलीसडकमा वेभस्टार एजुकेशन नेटवर्क प्रालि खोलेर ठगी गरेको जानकारी दिनुभयो ।

“विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गरी विभिन्न पत्रपत्रिकामा विज्ञापन दिने र पीडित सम्पर्कमा आएपश्चात नेपालबाट दिल्लीलगायत विभिन्न स्थानमा पु¥याउने गरेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । वाइवाले दश जनाको रु एक करोडभन्दा बढी ठगी गरेको सिलवालले बताउनुभयो ।

पक्राउ परेका वाइवाको जिल्ला अदालत काठमाडाँैबाट अनुमति लिई मानव बेचविखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको