Like us!
Follow us!
Connect us!
Watch us!
किन्ने कि बेच्नेमा लगानीकर्ता दोधारमा

कारोबार शुरु भएकै दिन माथिल्लो तामाकोशीको ५१ हजार शेयर किनबेच

आइतबार, २९ पुस २०७५, १६ : ०८ मा प्रकाशित

कारोबार शुरु भएकै दिन माथिल्लो तामाकोशीको ५१ हजार शेयर किनबेच

अर्थ संसार, काडमाडौं– नेपाल स्टक एक्सचेञ्जमा आइतबारदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर कारोवार शुरु भएको छ । कारोबार शुरु भएको दिन ५१ हजार ८७५ कित्ता शेयर खरिदविक्री भएको छ ।

ब्रोकरको अनुसार आइतबार दोस्रो बजारमा माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको शेयर किन्नेकोे चाप थामिनसक्नु  भएको थियो । शेयरधनीले ब्रोकरलाइ ओपनिङ रेन्ज २२४ रुपैयाँ भन्दा बढी मूल्यमा  अडर गरिदिन आग्रह गरेपनि ओपनिङको दिन मूल्य बढाउन नहुदैन भन्दै ओपनिङ रेन्ज मै कारोबार गरेका थिए ।

एक लगानीकर्ताले  भन्दै थिए –‘ मैले ब्रोकरलाई २२५ रुपैयाँमा किन्नको लागि अडर गरिदिनु भने तर, ब्रोकरले पहिलो दिन मूल्य बढाउन मिल्दैन, बढी मूल्यमा किन्न हो भने तपाईले धितोपत्र बार्डमा गएर भन्नु होला ’ यसरी हेर्दा माथिल्लो तामाकोशीको शेयर भाउ दोस्रो बजारमा आकासिने देखिन्छ ।

भोलीको दिनमा यस कम्पनीको शेयर किन्ने शेयरधनीको चाप बढेसँगै शेयर मूल्य ह्वात्तै बढ्ने लगानीकर्ताहरु बताउँछन् । अहिलेको शेयर बजारलाई हेर्दा एकथरी लगानीकर्ताको भने केही दिन यस कम्पनीको शेयर मूल्य बढेपनि केही दिनपछि प्रतिकित्ता १५० रुपैयामा झर्ने अनुमान गर्दछन् ।

हुन पनि हो, अहिलेको पुँजी बजारले पनि यस्तै देखाउछ । हरेक कम्पनीको कारोबार शुरु भएको ३\४ दिनभित्र  शेयरको मूल्य ह्वात्तै बढेपनि त्यसपछिको पछिल्लो दिनमा आइपिओको भाउमा आएका थुप्रै कम्पनीहरु छन् । यसले गर्दा अहिले शेयरधनी बेचि हाल्ने कि राख्नेमा दोधारमा छन् ।  बेचिहालौ भने शेयरको मूल्य अझ बढेन हो कि ?  नबेचौ भने ओपन रेन्ज भन्दा तल झर्ने हो की ?  यो निर्णय शेयरधनीको हातमा छ ।

स्टकले सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम ७४ रुपैयाँ ८९ पैसा र अधिकतम २२४ रुपैयाँ ६७ पैसा रहने गरी मूल्य निर्धारण गरेको छ । माथिल्लो तामाकोशीले गत बिहीबार १० करोड ५९ लाख कित्ता साधारण शेयर सूचीकृत गरेको थियो ।

नेपाल टेलिकमपछि शेयर सङ्ख्याका आधारमा सो आयोजनाको शेयर सङ्ख्या ठूलो रहेको छ ।कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । सो आयोजनाको हाल ९७ प्रतिशत भौतिक निर्माण सकिएको छ । आगामी कात्तिकदेखि व्यावसायिक उत्पादन शुरु गर्ने तयारी गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको