गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओ बाँडफाट आइतबार हुने भएको छ ।
उक्त आइपीओ कुमारी क्यापिटलको कार्यालयमा विहान ९ बजे बाँडफाँड गर्ने जनाइएको छ । कम्पनीको आइपीओ आज प्रि-अलोटमेन्ट सम्पन्न गरी आइतबार बाँडफाँडको तयारी गर्ने क्यापिटलले जनाएको छ ।
कम्पनीको आइपीओमा आवेदन दिन १७ लाख २३ हजार ९३१ जनाको हात रित्तो हुने भएको छ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १९ लाख ८ हजार ३३१ जनाले २ करोड ५२ लाख ७ हजार ६९० कित्ताका लागि आवेदन दिएका थिए । जस मार्फत २ अर्ब ५२ करोड ७ लाख ६९ हजार रुपैयाँ संकलन भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो । मागभन्दा १३.६५ गुणा बढी आवेदन परेको हुँदा आइपीओ बाँडफाँट गोलाप्रथाबाट हुनेछ । गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुँदा १ लाख ८४ हजार ५०० जनाले १०.१० कित्ताका दरले सेयर प्राप्त गर्नेछन् ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस