अर्थ संसार, काठमाडौं– जनता बैंक नेपाल लिमिटेडले मर्चेन्ट बैंकरको पनि काम गर्नको लागि धितोप बोर्डबाट अनुमतिपाएको छ ।
नियामन निकाय धितोपत्र बोर्डले जनता बैंकको शतप्रतिशत लगानी रहने गरी जनता क्यापिटल सञ्चालन गर्न अनुमति दिएको हो ।
जनता क्यापिटलले धितोपत्र निष्कासन तथा प्रबन्धन, धितोपत्र प्रत्याभूति तथा शेयर रजिष्ट्रेसन, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा लगायतको काम काम गर्नेछ ।
यसका लागि थापाथलीमा जनता क्यापिटलको कार्यालय समेत स्थापना गरिएको छ । सम्पूर्ण पूर्वाधारको काम पनि तयार भइसकेको जनता बैंकले बताएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस