Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले पुँजी बजार सुधार र नियमनका क्षेत्रमा सिन्को पनि भाँचेन - तिलक कोइराला

अर्थ संसार

आइतबार, ०७ असार २०८३, १७ : ५० मा प्रकाशित

सरकारले पुँजी बजार सुधार र नियमनका क्षेत्रमा सिन्को पनि भाँचेन - तिलक कोइराला

लगानीकर्ता तिलक कोइरालाले सरकारले गर्ने छानबिनको विषयले सेयर बजारका लगानीकर्ताहरुलाई कुनै चासो नभएको बताएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा सरकारले विभिन्न विषयमा छानबिन गरिरहेकाले पुँजी बजारमा मनोवैज्ञानिक प्रभाव परेको बताए पछि कोइरालाले छानबिनको विषयले पुँजी बजारलाई कुनै पनि असर नगर्ने बताएका हुन् । 

रास्वपा सरकासँग धेरै अपेक्षा भए पनि बजारका लागि भने सरकारले सिन्को पनि नभाँचेको उनले बताए । ‘छानबिनको विषय सरकारको हो । तर, धेरै आशा गरेको सरकारले पुँजी बजारका विषयमा भने सिन्को पनि भाँचेन,’ उनले भने । आम लगानीकर्ताको आशा माथि तुशारापात भएको उनको टिप्पणी थियो । ‘पहिलो दिन देखिनै पुँजी बजारको सुधारका लागि काम गर्छ भन्ने आश थियो । तर, एउटा पनि काम गरेन,’ उनले भने । 

नीति नियम बनाएर नियमन गर्ने र पूर्वाधारको विकास गरियो भने पुँजी बजारले आफै गति लिने उनको भनाइ छ । ‘बजार घट्ने र बढ्ने कुरा फरक हो । पुँजी बजारको लागि आवश्यक पर्ने पूर्वाधार, नीति नियम बनाएको खण्डमा बजार आफै बढ्छ र कसैले पनि बजार बढेन भनेर भन्नु पर्दैन,’ उलने भेन । नीति नियम र पूर्वाधार र प्रविधिमा ठिक गरे भन्ने मात्रै लगानीकर्ताको माग रहेको उनले बताए । यो विषयमा कुनै पनि काम हुन नसकेको उनले बताए । 
‘छानबिन र गलत गर्नेलाई कारबाही गर्ने कुरा नियमित कुरा भएको उनको धारणा थियो । गल्ति गर्नेले कारबाही भोग्नु पर्छ । उ पक्राउ परेर जेल पनि पर्न सक्छ । त्यो नियमित प्रक्रिया हो,’ उनले भने । 

सरकारले पुँजी बजार सुधार, विस्तारका लागि नीति नियम पूर्वाधार, प्रविधि र नियमनका लागि कुनै पनि काम नगरेको उनको आरोप छ । यो काम हुन्छ भनेर आम लगानीकर्ताले ठूलो आश गरेको भए पनि नभएको उनको दुखेसो छ । लगानीकर्ताको आशामा तुसारापात भएको र त्यहि कुरा अहिले बजारमा देखिएको कोइरालाको भनाइ छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको