Like us!
Follow us!
Connect us!
Watch us!

आवश्यक परे अख्तियारलाई ५ घण्टा होइन ५ वर्ष राखेर सल्लाह गरिन्छ - प्रधानमन्त्री शाह

अर्थ संसार

आइतबार, ०७ असार २०८३, १७ : ५० मा प्रकाशित

आवश्यक परे अख्तियारलाई ५ घण्टा होइन ५ वर्ष राखेर सल्लाह गरिन्छ - प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो नेतृत्वको वर्तमान सरकारले विगतमा फट्याइँ,अनियमितता र बदमासी गर्ने कसैलाई पनि नछाड्ने चेतावनी दिएका छन्।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री शाहले राज्यकोष र सरकारी रकमको दोहन गर्ने जुनसुकै शक्ति वा व्यक्तिलाई पनि कानुनी कारबाहीको दायरामा ल्याएरै छाड्ने दृढता व्यक्त गरे।

उनले भने, ‘हाम्रो पार्टी विकासवादी र काम गर्ने पार्टी हो । अगाडि बढ्ने पार्टी हो । पुराना कुरा लिएर निहुँ खोज्दै बस्ने होइन । कस्तो कुरामा मात्रै निहुँ खोजिन्छ भने विगतमा दिनमा फट्याइँ भएको छ, सरकारी रकमको दोहन भएको भने निहुँ खोज्छौ । अख्तियारलाई ५ घण्टा होइन, आवश्यक परेमा ५ वर्ष नै अख्तियारलाई राखेर सरसल्लाह गरिनेछ । हामी नियमभन्दा बाहिर जाँदैनौँ । नियम–कानून मिच्दैनौँ । हाउभाउ हेर्दा अनियन्त्रित देखिनसक्छ । तर सबै कुरा निन्त्रयणमा छ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको