अर्थ संसार, काठमाडौँ– एनआईसी एशिया बैंकको आजदेखि ४ अर्ब बराबरको ऋणपत्र बिक्री खुल्ला भएको छ । बैंकले सर्वसाधारणको लागि निष्काशनको १६ लाख कित्ता ऋणपत्र दिनेछ ।
दश वर्षको लागि १० प्रतिशतका दरले प्रति ऋणपत्र एक हजार रुपैयाँको दरमा न्यूनतम २५ कित्ताको लागि आवदेन दिन सकिने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले जनाएको छ ।
सर्वसाधारणले अधिकतम २० कित्तासम्मको लागि छिटोमा माघ १६ र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा फागुन १३ गतेसम्म आवदेन दिन सक्ने व्यवस्था गरिएको छ ।
बैंकले सर्वसाधारणको लागि निष्काशन गरिएको मध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्टाएको छ।
दश वर्षको अवधि रहेको यस ऋणपत्र आर्थिक वर्ष २०८५\८६ समाप्त हुनेछ । ऋणपत्रका लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ । बैंकले निष्काशन गर्ने लागेको यो चौथो ऋणपत्र हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस