अर्थ संसार, काठमाडौ –नबिल बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रु २ अर्ब ४ करोड खुँद नाफा कमाएको छ । यो बैंक हालसम्मकै बढी नाफा कमाउने सूचीमा परेको छ ।
यो बैंकले गरेको यस्तो नाफा गत वर्षको तुलनामा रु २० करोड ७२ लाख ६४ हजार ले बढि हो । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा चालू आवको पहिलो ६ महिनामा ११.२७ प्रतिशतले बढी रहेको छ ।
बैंकले उक्त अवधिमा व्याज आम्दानीबाट रु ७ अर्ब ७२ करोड कमाएको छ । यसले व्याज भुक्तानीमा गरेको खर्च भने रु ३ अर्ब ७१ करोड रुपैयाँ ऋणात्मक रहेको छ । यस अवधिसम्मको बैंकको खुँद व्याज आम्दानी रु ३ अर्ब ६१ करोड रहेको छ ।
रु ८ अर्ब ४ करोड चुक्तापुँजी रहेको यो बैंकले गत पुस मसान्तसम्मा गरेको निक्षेप संकलन रु १ खर्ब ४९ अर्ब छ भने यसको ऋण लगानी रु १ खर्ब ३० अर्ब रहेको छ ।
गत वर्ष यो बैंकले रु १ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर रु १ खर्ब २ अर्ब ऋण लगानी गरेको थियो । यो बैंकको हालसम्मको सापटी रकम रु ४० करोड छ । यसको जगेडा कोषमा भने रु १४ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ५४ रुपैयाँ ५० पैसा छ । बैंकको खराव कर्जा अनुपात ०.६२ प्रतिशत छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस