Like us!
Follow us!
Connect us!
Watch us!

बरिष्ठ फोटोग्राफर लामाको एक फेटो प्रदर्शनी

शुक्रबार, १४ असोज २०७३, १४ : २७ मा प्रकाशित

बरिष्ठ फोटोग्राफर लामाको एक फेटो प्रदर्शनी


अर्थ संसार,
काठमाडौं । बरिष्ठ फोटोग्राफर मणि लामाको एकल फोटो प्रदर्शनी नेपाल पर्यटनबोर्डमा शुक्रवारदेखि शुरू भएको छ । पर्यटन बोर्डले प्रत्येक महिनाका अन्तिम साता आयोजना गर्ने ‘ह्यासट्याक फोटो नेपाल’ को यो पाँचौं श्रृखंला हो । ‘ब्यूटीफुल नेपाल’ नाम दिईएको उक्त प्रदर्शनीमा मणिले खिचेका नेपालका विभिन्न ठाउँका सुन्दर ५० फोटोहरू रहेका छन् ।

 पुरानो एनलग जमानाको ब्ल्याकन ह्वाइट तस्वीरदेखि रंगीन डिजिटल सम्मका तस्वीरहरू प्रदर्शनीमा रहेका छन् । सन् १९७० मा अमेरिकाको युनिभर्सिटीबाट कृषिमा स्नातक गरेका फोटोग्राफर लामाले अध्ययनकै क्रममा सेमेष्टर प्रणालीमा फोटोग्राफी सिकेका थिए । लामाले चालीस बर्ष अघि सौखका रुपमा फोटोग्राफी शुरु गरेका थिए ।
‘मैले फोटोग्राफी शुरू गरेका बेला विदेशी बाहेक नेपालीले क्यामरा बोकेर फोटो खिच्दै हिँड्ने चलन थिएन्’ लामाले सुनाए । पहिला क्यामरा किन्न लामाले बुबालाई पिरोलेका थिए । बौद्धको व्यापारी उनका बुबाले कोनिकाको बक्स किनिदिएका थिए । जिद्दि टार्न नसकेर बुबाले उनलाई क्यामरा किनिदिए । र, त्यहिँबेला देखि मणि क्यामरा लिएर काठमाडौं डुले ।
त्यतिबेला न्यूरोड र मखनमा पुरानो फोटो स्टुडियो थियो । लामाले खिचेका रिल लिएर उनी स्टुडियोमा जान्थे । त्यतिबेला एनलगको जमाना थियो निकै दुःख गरेर फोटो धुलाउनु पथ्र्यो । अहिले डिजिटल जस्तो सजिलो थिएन फोटोग्राफर लामाले पुरानो स्मरण सुनाए ।

त्यतिबेला उनका समकालीन साथी थिए फोटोग्राफर नरेन्द्र प्रधान र श्रीधर मानन्धर । नेपाल घुमेर खिचेका  सुन्दर तस्वीरलाई उनले पोस्टकार्ड बनाएर बिक्री गरे । उनले खिचेका तस्वीर पर्यटकीय स्थलमा राखिन्थ्यो र पर्यटकले नेपालको चिनारी स्वरुप किनेर लग्थे । यसरी पर्यटकले आफूले खिचेका तस्वीर पोस्ट कार्ड मनपराएर किन्दा लामालाई फोटोग्राफीमा लाग्न थप हौसला मिलेको थियो ।

फोटोग्राफीकै माध्यमबाट उनले विभिन्न संघसंस्थासँग मिलेर मुलुकका विभिन्न रमणीय ठाउँको तस्वीर खिच्न भ्याएका थिए । उनीसँग पुरानो एनलग महत्वपूर्ण फोटोको संग्रह हजारौं छन् । अहिले उनी एनलग नेगेटिभ फोटोलाई डिजिटल माध्यममा राख्न तल्लिन छन् ।
लामाको नेपालका सुन्दर फोटोहरूको संग्रहका रुपमा सन् १९९६ मा ‘डि हिमालयन किंग डम अफ नेपाल’ नामक तस्वीर किताब प्रकाशन छन् । बौद्धका स्थानीय मणि भूकक्प पछिको बौद्ध मन्दिरको पुर्नर्निर्माणको तस्वीर कथालाई तस्वीर किताबको तयारीमा लागेका छन् । 

फोटो प्रदर्शनीमा सन् १९६९ मा खिचेको बौद्ध स्तुपा वरिपरिको तस्वीर महत्वपूर्ण देखियो । चालीस बर्ष अगाडि खिचेको सो फोटो देखेर प्रदर्शनी हेर्न आउने जो कोहीको पनि आँखा तान्छ । त्यतिबेला बौद्ध वरिपरि घरहरू थिएन् । अहिले भने कंक्रिट निर्मित घरले बौद्धस्तुपा छोपेको छ ।

प्रदर्शनीमा रहेका मनाङ र मुस्ताङका ल्याण्डस्केप फोटो निकै रमणीय देखिन्छ । अझ विश्वको अग्लो चुचुरो सगरमाथाको फोटोले पनि सबैको मन लोभ्याउँछ । सगरमाथाको फोटो लामाले २३ बर्ष अघि खिचेका थिए ।
उमेरले ७० नाघेका फोटोग्राफर लामाको फोटो खिच्ने रहर मेटेकै छैन् । लामाले भने  बिहानै घरबाट बाहिर निस्कँदा पनि आफूसित सानो भएपनि क्यामरा बोकेर हिँड्छु ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको