मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयर संरचना परिवर्तन गरेको छ । कम्पनीले अब ४०.६ प्रतिशत सेयर सर्वसाधारण समूहको तथा बाकिँ ५९.४ प्रतिशत सेयर संस्थापक समूहको हुने गरि सेयर संरचना हेरफेर गरेको हो ।
लघुवित्तले आवश्यक प्रक्रिया पूरा गरी नेप्सेलाई परिवर्तित सेयर संरचना अनुसारको धितोपत्र अभिलेख गर्न अनुरोध गरे अनुसार नयाँ सेयर संरचना अभिलेख भएको हो । कम्पनीको हाल एक करोड ३२ लाख कित्ता बराबरको एक अर्ब ३२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । नयाँ पुँजी संरचना अनुसार अब कम्पनीको संस्थापक सेयर ७८ लाख ४० हजार ८०० कित्ता हुनेछ ।
अब ४०.६ प्रतिशत अर्थात ५३ लाख ५९ हजार २०० कित्ता सर्वसाधारण सेयर रहेकोमा सेयर संरचना परिवर्तन पश्चात् सर्वसाधारण सेयर संख्या बढेर ५३ लाख ५९ हजार २०० कित्ता भएको छ । यसअघि कम्पनीको संस्थापक सेयर ६९.४ प्रतिशत र सर्वसाधारण सेयर ३०.६ प्रतिशत रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस