Like us!
Follow us!
Connect us!
Watch us!

मर्जर पछि सामुदायिक लघुवित्तको सेयर कारोबार फुकुवा, ओपनिङ रेञ्ज कति?

अर्थ संसार

शुक्रबार, ०४ जेठ २०८१, १५ : ०९ मा प्रकाशित

मर्जर पछि सामुदायिक लघुवित्तको सेयर कारोबार फुकुवा, ओपनिङ रेञ्ज कति?

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर नेप्सेमा सुचीकृत भएको छ ।

साबिकको सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्ल्यु लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा १:०.८५३५ अनुपातमा मर्जर पश्चात बिपिडब्ल्यु लघुवित्तको एक सय रुपैयाँ अंकित तथा चुक्ता मूल्यका दुई लाख ५६ हजार ५० कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेके कम्पनीको सेयर कारोबारका लागि अब ओपनिङ रेञ्ज ८८३.९७ रुपैयाँ तोकेको छ ।

मर्जर पछि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट धितोपत्रको सूचीकरण गरिएको र मर्जर प्रयोजनको लागि रोक्का रहेको उक्त कम्पनीको शेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको