Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकको ब्रोकरको एक्दमै फितलो सुरुवात

अर्थ संसार

शुक्रबार, ०४ जेठ २०८१, १० : ०७ मा प्रकाशित

हिमालयन बैंकको ब्रोकरको एक्दमै फितलो सुरुवात

हिमालयन बैंक लिमिटेडको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडले वैशाख १३ गते आफ्नो व्यावसायिक कारोबार सुरु गर्यो। 

हिमालयन बैंकको ब्राण्ड नाम जोडिएसंगै सुरुवात देखि नै अब्बल प्रदर्शन गर्न आकलन गरिएको यस कम्पनीको सुरुवाती पहिलो प्रदर्शन भने एक्दमै फितलो रहेको देखिन्छ। 

यो साताको अन्तिम कारोबार दिन अर्थात जेठ ४ गतेको कुल कारोबार हेर्ने हो भने यस ब्रोकरले केवल ७ लाख ८३ हजारको सेयर कारोबार गरेको छ।त्यस अगाडीको दिन जेठ ३ गतेको कारोबार हेर्ने हो भने अझ नाजुक कारोबार देखिन्छ।  उक्त दिन यस कम्पनीले केबल २ लाख ६५ हजार रुपैंयाको सेयर कारोबार गरेको देखिन्छ।  हाल कारोबार गरिरहेका ८७ ब्रोकर मध्य सबैभन्दा कम कारोबार गर्ने मध्य एक पर्ने गरेको छ हिमालयन सेक्युरिटिज। 

हिमालयनले सुरुवाती पहिलो महिनाको कारोबार हेर्ने हो भने यस कम्पनीले केवल ४७ लाख ४१ हजारको कारोबार गरेको छ। उता,जेठ ४ मा ब्रोकरको टप कारोबार गर्ने नाशा सेकुरिटिजले एकै दिन मात्र ६६ करोडको सेयर किनबेच गरेको देखिन्छ। कर्पोरेट नाम जोडिएको यस कम्पनीको सुरुवाती प्रदर्शन एकदमै फितलो देखिन्छ। 

उता, कम्पनीले भने महँगो भाडा खर्च गरेर हाल सि.टि.सि. मल, सुन्धारामा कार्यालय संचालन गरेको छ। अझ,कम्पनीको व्यस्थापनको नेतृत्व जिम्मा कमल पोखरेललाई दिएका छन्।उनी बजारमा राम्रो अनुभव भएका व्यवस्थापक मानिन्छन।  त्यसमाथि कम्पनीले बजारमा राम्रो अनुभव र नेटवर्क भएको कर्मचारी समेत नियुक्त गरेको छ।

कम्पनी र कर्मचारीमा मनग्य खर्च गरेता पनि कम्पनीले नयाँ ग्राहक भित्राउन भने योजना नै नबनाएको देखिन्छ। बजारमा कारोबार गर्दै स्थापित रहेका ब्रोकरलाई बजारमा लगानीकर्ताको कमजोर मनोबलका कारण कारोबार गिरावटका कारणका तनाव भोगिरहंदा कर्पोरेट नाम जोडिएको ब्राण्ड भयालु भएको कम्पनी बिना योजना भित्रिंदा कम्पनीलाई भोलिको दिनमा अझ चुनौती थपिने देखिन्छ। अझ कम्पनीले कमजोर प्रदर्शनले मुनाफा दिन नसके त्यसको सोझो असर हिमालयन बैंकले सेयरधनीलाई पर्नेछ। 

यता, कम्पनी भने प्रारम्भिक चरणमा ग्राहकहरुलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने र निकट भविष्यमा नियामक निकायबाट अनुमति प्राप्त गरि मार्जिन कारोबार तथा अन्य पुँजी बजार सम्बन्धी सेवाहरु प्रदान गर्ने बताउदै आएको छ।  

कुल चुक्ता पूँजी ६० करोड बनाएर यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २०८० भाद्र ६ गते स्वीकृति प्राप्त गरेर २०८० माघ ०३ मा नेपाल स्टक एक्स्चेन्जबाट सदस्यता प्राप्त गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको