Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेसजस्तो दोहोरो चरित्र देखाएका छैनौं:रास्वपा

अर्थ संसार

शुक्रबार, ०४ जेठ २०८१, १७ : २२ मा प्रकाशित

कांग्रेसजस्तो दोहोरो चरित्र देखाएका छैनौं:रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली कांग्रेसका नेताहरूले एकपछि अर्को सर्त राखेर दोहोरो चरित्र देखाएको बताएको छ । रास्वपा सांसद मनिष झाले हिजो समझदारीको टीओआर बनिसकेको अवस्थामा पछि कांग्रेसले कुरा फेरेको बताए। 

संसद परिसरमा पत्रकारसँग कुरा गर्दै झाले संसदीय समितिका लागि आफूहरू तयार भएको तर २ वटा मात्र न्यूनतम अघि सारेको बताएका छन् ।

उनले भने, ‘के हो भनेर ती व्यक्तिहरूलाई सोध्नुस् जसले फरकफरक समयमा फरक फरक सर्त राख्नुभएको छ । कांग्रेसजस्तो दोहोरो चरित्र देखाएका छैनौं । कसैको नाम तोकेर समाचार आयो भन्दैमा समिति बनाउने हो ? उहाँहरूको मन्त्रीको पनि नाम आएको थियो त ।’   ‘हामीलाई बोल्न दिनुहोस् । जहाँ प्रश्न उठेको छ । त्यहीँ जवाफ दिन्छौं भनेका छौं । ३ वटा सहकारीको नाम उल्लेख गर्न चाहिरहनुभएको छ । त्यो समस्या होइन समस्या भएका सबैमा गरौं न भन्ने हो’, 

छानबीन समितिका लागि रास्वपा तयार छैन भन्ने आरोप लागेको उनको भनाई छ  ।

‘समितिको लागि तयार छैनौं भन्ने हामीमाथि आरोप छ । हाम्रो तर्फबाट स्वर्णिम वाग्ले र सहमहामन्त्री जीवन परियार हिजो दिनभर टीओआर बनाइरहनुभएको थियो । टीओआर लिएर पार्टीमा छलफल गरेर आउँछु भनेर जानुभयो तर टीओआर बर्खास्त गरेर उहाँहरूले एकल रूपमा तिमीहरूले संसदीय मर्यादाविपरीतका शब्द राखेर स्वीकार्नुपर्छ भनेर पठाउनुभयो । कसरी भन्नु हुन्छ हामी समितिको लागि तयार छैनौं भनेर ? संसदीय समितिका लागि तयार छैन भनेर टीओआर त बनेको हो नि ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको