चितवनको भरतपुरमा निर्मित देवनगर सवस्टेशनको उद्घाटन गरिएको छ ।
नेपाल विद्युत प्राधिकरण अन्तर्गत भरतपुर-६ मा बनेको ३३/११ के.भी २४ एम.भि.ए. देवनगर सबस्टेशनको आज शनिबार एक कार्यक्रमबीच भरतपुर महानगरकी मेयर रेणु दाहाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । भरतपुर महानगरमा बढ्दो विद्युतको मागलाई यस सवस्टेशनले सम्बोधन गर्ने जनाइएको छ । नेपाल विद्युत प्राधिकरण र भरतपुर महानगरको साझेदारीमा महानगरमा बनाइएका विभिन्न रणनीतिक महत्वका आयोजनाहरु मध्येमा उक्त सबस्टेशन पनि एक रहेको छ ।
उज्यालो शहर भरतपुर अभियान अन्तर्गतका स्मार्ट स्ट्रिट लाईट, विद्युतीय तार भुमिगत आयोजना,चार्जिङ्ग स्टेशन र सबस्टेशनहरु महानगरलाई स्मार्ट शहर रुपान्तरणका लागि सञ्चालन भइरहेका परियोजना हुन् मेयर दाहालले सबै आयोजनाहरुको लागि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र नेपाल विद्युत प्राधिकरण परिवारप्रति हार्दिक आभार व्यक्त गरेकी छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस