Like us!
Follow us!
Connect us!
Watch us!

हैट ! खान पनि कति सकेका, अख्तियारले देख्यो राज्श्वका हाकिममको अकूत सम्पत्ति

मंगलबार, ०७ फागुन २०७५, ११ : २४ मा प्रकाशित

हैट  ! खान पनि कति सकेका, अख्तियारले देख्यो राज्श्वका हाकिममको अकूत सम्पत्ति

अर्थ संसार, काठमाडौँ-अवकाशको करिब एक वर्षपछि राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजालविरुद्ध अख्तियारले अकुत सम्पत्तिमा मुद्दा चलाएको छ।

पदमा रहँदा गैरकानुनी रूपमा करिब तीन करोड स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । ३४ वर्षको सरकारी सेवाबाट रिजालले ०७४ वैशाखमा अवकाश पाएका थिए ।

अख्तियारले छानबिनका लागि लिइएको जाँच अवधिमा रिजालको पारिश्रमिक आय¸ जग्गा विक्री¸ श्रीमती स्वस्थानी रिजालको नाममा सञ्चालित सञ्जीवनी आयुर्वे्दिक डिस्ट्रिव्युटर्स र पिगासस् ट्राभल्स् एण्ड टुर्सको आय अवकाशपछिको सुविधा समेत गरी एक करोड ९६ लाख ८६ हजार ५०९ रुपियाँ आय कायम गरेको छ ।

सोही अवधिमा जग्गा खरिद¸ घर निर्माण¸ सवारीसाधन खरिद¸ पिगासस् ट्राभल्स् एण्ड टुर्स प्रालिको लगानी विभिन्न बैङ्क तथा वित्तीय संस्थाको सेयर खरिद, बैङ्क मौज्दात समेत गरी रु चार करोड ९४ लाख २४ हजार ८१९ खर्च तथा लगानी रहेको अख्तियारको ठहर छ ।

रिजालले खर्च र आयबीचको अन्तर कायम भएको रु दुई करोड ९७ लाख ३८ हजार ३१० लाई अख्तियारले स्रोत खुल्न नसकेको सम्पत्तिमा गणना गरेको छ ।

अख्तियारले स्रोत खुल्न नसकेको रु दुई करोड ९७ लाख ३८ हजार ३१० लाई बिगो कायम गरेको छ । बिगो अनुसारको जरिवाना पनि अख्तियारले दाबी गरेको छ । अवैध सम्पत्ति लुकाउन सहयोग गरेको अभियोगमा श्रीमती स्वस्थानीलाई पनि मतियारका रूपमा प्रतिवादी कायम गरिएको छ । गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिबाट बढे बढाएको रकम जफतको माग पनि आयोगले गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको