Like us!
Follow us!
Connect us!
Watch us!

धुर्मुस सुन्लती फाउण्डेशनलाई ‘गो फण्ड मी’ मार्फत सहयोग गर्न सकिने

आइतबार, १२ फागुन २०७५, १५ : २३ मा प्रकाशित

अर्थ संसार, काठमाडौँ– भरतपुरको चितवनमा बन्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि गो फन्ड मी मार्फत आर्थिक सहयोग गर्न मिल्ने भएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) ले एउटा भिडियो सन्देश सार्बजनिक गर्दै देश बिदेशबाट ‘गो फन्ड मी’ मार्फत सहयोग गर्न सकिने बताएका हुन् ।

केही महिनाअघि औपचारिक रुपमा निर्माण घोषणा गरिएको यो रंगशाला अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला नेपाली मौलिक शैलीमा निर्माण हुनेछ । रंगशाला निर्माणका लागि अहिले धुर्मुस–सुन्तली फाउन्डेसनले  आर्थिक संकलन गरिरहेको छ।

चितवनको भरतपुरमा निर्माण हुने यो रङ्गशालाको लागी फिल्डको काम सुरु भईसकेको छ । फाउण्डेशनले कर्मचारीहरुको आवास र संचालनका लागि चिवनको रामपुरमा शाखा कार्यालय समेत संचालन गरिसकेको छ  ।

बहुउद्देश्यीय यो रंगशाला निर्माणका लागि ३ अर्ब लाग्ने अनुमान गरिएको छ । फाउण्डेशनका अनुसार रङ्गशालामा क्रिकेट मात्र नभई नेपालमा खेलिने महत्वपुर्ण खेलहरु समेत यसमा खेल्न सकिनेछ । यो परियोजना सिलान्यास गरिएको २ बर्षमा सम्पन्न गर्ने फाउण्डेशनको लक्ष्य छ ।

Go Fund Me Link : https://www.gofundme.com/NepalStadium

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको