Like us!
Follow us!
Connect us!
Watch us!

इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद

अर्थ संसार

शनिबार, २८ चैत्र २०८२, २० : ३४ मा प्रकाशित

इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद

पाकिस्तानको राजधानी इस्लामावादमा पाकिस्तानको मध्यस्थकर्तामा अमेरिका र इरानबीच शान्तिवार्ता सुरु भएको छ । अमेरिकी सञ्चारमाध्यम सीएनएनले इरानी सरकारी सञ्चारमाध्यमलाई उधृत गर्दै शनिबार दिउँसोदेखि तीनै देशका वार्ताकारहरू प्रत्यक्ष वार्तामा जुटेका छन् ।

वार्ता इस्लामावादस्थित पाँचतारे होटेल सेरेनामा भइरहेको छ । अर्को अन्तर्राष्ट्रिय सञ्चार संस्था अलजजिराले सन् १९७९ को इरानी इस्लामिक क्रान्तिपछि वासिङ्गटन र तेहरानबीच हुनलागेको पहिलो उच्चस्तरीय वार्ता भनेको छ ।

अमेरिकाका तर्फबाट वार्ताको संयोजन उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन् । उनीसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुसनरसहितको प्रतिनिधिमण्डल वार्तामा सहभागी छ ।

इरानका तर्फबाट त्यहाँको संसद्का सभामुख मोहम्मद बगेर गालीबाफले वार्ता टोलीको नेतृत्व गरेका छन् । जसमा विदेशमन्त्री अब्बास अरागची पनि सामेल छन् ।

वार्ता सुरु हुनुअघि पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले अमेरिकी र इरानी प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै संवाद गरेका थिए ।पाकिस्तानको प्रधानमन्त्री कार्यालयले पनि बहुप्रतिक्षित शान्तिवार्ता सुरु भएको जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको