Like us!
Follow us!
Connect us!
Watch us!

आजको मौसम : तराईमा हावाहुरी र पहाडमा मेघगर्जनसहित वर्षाको सम्भावना

अर्थ संसार

आइतबार, २९ चैत्र २०८२, ०७ : ३५ मा प्रकाशित

आजको मौसम : तराईमा हावाहुरी र पहाडमा मेघगर्जनसहित वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले गर्दा मौसममा फेरबदल भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रको मौसम सामान्यतया सफा देखिएको छ।

आज आइतबार कोशी प्रदेशका पहाडी र हिमाली भेगसहित अन्य हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने देखिन्छ। कोशीको तराई र अन्य पहाडी भू–भागमा आंशिक बदली हुने भए पनि बाँकी तराईका क्षेत्रमा भने मौसम सफा रहने अनुमान छ । तर, कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ। यस्तै गण्डकीका पहाडी भू–भाग र अन्य केही हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि वर्षाको सङ्केत देखिएको छ।

विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आज हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको