Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले घट्यो नेप्से, ८ अर्ब ९९ करोडको कारोबार

अर्थ संसार

शुक्रबार, २७ चैत्र २०८२, १५ : ०७ मा प्रकाशित

दोहोरो अंकले घट्यो नेप्से, ८ अर्ब ९९ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.४६ अकंले घटेर २८३७.७७ बिन्दुमा बन्द भएको छ  । आज ३३५ कम्पनीको २ करोड १० लाख ८७ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९९ करोडको कारोबार भएको हो ।

 आज ११ उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.७४ प्रतिशत, विकास बैंक समूहको ०.६७ प्रतिशत, फाइनान्स समू्हको ०.६० प्रतिशतले सेयर मूल्य घटेको छ । शुक्रबार ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने २०९ कम्पनीको घटेकोछ । २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । 

आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५१ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको हो । रिलायन्स स्पीनिङ मिल्सको ४३ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिडी पावरको ३८ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै भुजुङ हाइड्रोपावर कम्पनी, सुपर खुदी, होटल फरेष्ट र पाल्पा सिमेन्टका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनी लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रिज लाइन इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै एनआइसी एशिया ब्यालेन्स फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको