Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार पनि अस्पतालका ओपिडी सेवा खुला रहने, कर्मचारीलाई सट्टा बिदाको व्यवस्था

अर्थ संसार

शुक्रबार, २७ चैत्र २०८२, ११ : ४२ मा प्रकाशित

आइतबार पनि अस्पतालका ओपिडी सेवा खुला रहने, कर्मचारीलाई सट्टा बिदाको व्यवस्था

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले लागू गरेको हप्ताको दुई दिने बिदाका कारण स्वास्थ्य सेवामा अवरोध नआओस् भन्नका लागि देशभरका अस्पतालहरूलाई आइतबार पनि ओपिडी  सेवा सुचारु राख्न निर्देशन दिएको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अस्पतालहरूले आफ्नो कार्यभार र उपलब्ध जनशक्तिको आधारमा आइतबार ओपिडी सेवा सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ । साथै, यो व्यवस्था लागू गर्दा कर्मचारीहरूलाई शनिबार बाहेक हप्तामा अर्को एक दिन बिदा दिने व्यवस्था गर्न सकिने र बिदा दिन नसकिने अवस्थामा सट्टा बिदा उपलब्ध गराउन सकिने जनाइएको छ ।

मन्त्रालयले उक्त व्यवस्था देशभरका प्रादेशिक अस्पतालहरूमा समेत लागू गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई आग्रह गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको