Like us!
Follow us!
Connect us!
Watch us!

महिन्द्रा उदय- २०१९ फेस्टिभलको रौनक फोटोमा

सोमबार, १३ फागुन २०७५, १८ : ४० मा प्रकाशित

महिन्द्रा उदय- २०१९ फेस्टिभलको रौनक फोटोमा

अर्थ संसार, काठमाडौं– भारतीय अटोमोबाइल कम्पनी महिन्द्राले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरकोे आफ्ना सबै रन्जका ग्लोबल मोबिलिटी सोलुसनका प्रडक्टको सो सम्पन्न भएको छ ।

‘महिन्द्रा उदय– २०१९ फेस्टिभल’ नाम दिइएको उक्त मेलामा महिन्द्राका टु–ह्विलर, प्यासेन्जर भेहिकल, ट्रक, बस, इलेक्ट्रिक भेहिकल, ट्र्याक्टर, टिपर, हेभी इक्विपमेन्टलगायतका उत्पादन राखिएका थिए । मेलामा अग्नि इन्कर्पोरट, एमभी दुगड ग्रुप र  स्वराज पार्टनरले नेपालमा बिक्री–वितरण गर्दै आएको महिन्द्राका सबैखाले उत्पादन राखिएको थियो ।

प्रदर्शनीमा सवारीसाधनबाहेक नेपालका चर्चित कलाकारको लाइभ प्रस्तुतिका साथै विभिन्न प्रकारका खानाको स्टलसमेत रहेको थियो ।

मेलामा महिन्द्राका विश्वस्तरीय रन्जका  टु–ह्विलर, प्यासेन्जर, ट्रक, बस, इलेक्ट्रिक भेइकल, ट्र्याक्टर, टिपर, हेभी इक्युपमेन्टदेखि जेनेरटरे जस्ता उत्पादन राखिएको थिए । त्यस्तै हेभी कमर्सियल भेइकलअन्तर्गत ब्लाजो तथा मझौला कमर्सियल भेइकलअन्तर्गत फ्युरियो गाडी प्रदर्शनीमा राखिएका थिए ।

त्यस्तै स्वराजको ६५ हर्सपावर भएको स्वराज ९६३ र २५ हर्सपावर भएको जिभो फोर ह्विलड्राइभ ट्र्याक्टर पनि रहेको थियो। कम्पनीले इटुओ र इभेरिटो इलेक्ट्रिक कार तथा एक्सयुभी ५००, टियुभी ३००, केयुभी १००, म्याक्सिमो, सुप्रो, बलेरो पिकअप, कस्मो बस र तीनपांग्रे इअल्फा गाडी पनि प्रदर्शनीमा राखेको थियो  ।

कम्पनीले महिन्द्राका एसयुभी एक्सयुभी ३००, नयाँ एमपिभी मराजो, महिन्द्राको नयाँ ट्र्याक्टर जिभो २४५ र युभो ४१५ तथा महिन्द्राकै हेभी कमर्सियल भेहिकल फ्युरियो तथा ब्लेजो २५ ट्रक साथै नयाँ ग्रेडर जी७५ को पनि सार्वजनिक गरेको थियो ।

भारतमा हालै सार्वजनिक भएको महिन्द्राको पहिलो कम्प्याक एक्सयुभी ३०० प्रदर्शनमा राखिएको थियो। महिन्द्राको ‘एक्स–१००’ अवधारणामा आधारित एक्सयुभी–३०० को धेरजस्  तो डिजाइन एक्सयुभी–५०० फेसलिफ्टबाट प्रभावित रहेको छ । डिजेल र पेट्रोल दुवै अप्सनमा ४–४ भेरियन्ट यो एसयुभी उपलब्ध हुने बताइएको छ । यसमा १.५ लिटर डिजेल र १.२ लिटर टर्बो इन्जिन रहेको छ ।

प्रदर्शनीमा एमभी दुगडले आयात गरको आइसिभी रन्जको ट्रक अनभिलिङ गरकोे थियो। नेपालमा महिन्द्राको नयाँ सेग्मेन्ट आइसिभी रन्जका व्यावसायिक सवारीसाधनमा यो पहिलो भएको कम्पनीको दाबी छ । १२ देखि १४ टनलाई आइसिभी भनिन्छ । प्रदर्शनीमा महिन्द्राको पहिलो मोडल आइसिभीमा फ्युरियो अनभिलिङ गरिएको हो। उक्त टिपर आउँदो तीन हप्ताभित्र बिक्री सुरु गर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै कम्पनीले १२ क्युबिक मिटर क्षमताको ब्लाजो एक्स टिपर लन्च गरको थियो। यस टिपरमा फ्युल स्मार्ट टेक्नोलोजी जडान भएको जनाइएको छ । यो प्रविधि महिन्द्राको टिपरमा मात्र रहेको कम्पनीको दाबी छ । यस टिपरमा लोड हुँदा र नहुँदा मोड फरक पाररे इन्धन जोगाउन सकिन्छ । त्यस्तै, कम्पनीले कन्स्ट्रक्सन ग्रेडर पनि लन्च गरको थियो। जी ७५ नाम दिइएको योसेग्मेन्टको ग्रेडर दक्षिण एसियामै एउटा मात्र रहेको कम्पनीको दाबी छ ।

६५ लाख रुपैयाँ तोकिएको यो ग्रेडरमा प्रदर्शनीको अवसरमा विशेष छुटको व्यवस्था गरिएको थियो। ल मराजो प्यासेन्जर भेहिकल महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मकै सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल हो। मेलामै सार्वजनिक गरिएको उक्त गाडीमा एयरब्याग, प्यासेन्जर एयरब्याग, एबिएस, एबिडी, इन्जिन इमोबिलाइजर, चाइल्ड सेफ्टी लक, सेन्ट्रल लकिङ, हेडल्याम्प बिम एड्जस्टर, कर्नरिङ लाइटजस्ता विशेषता रहेका छन्।

5c73e976eb74e.jpg 5c73e9773ade6.jpg 5c73e97b1b6b7.jpg 5c73e97b50137.jpg 5c73e97e44641.jpg 5c73e98045cb7.jpg 5c73e982791ff.jpg 5c73e98a3e590.jpg 5c73e98cb689a.jpg 5c73e98dbddd0.jpg 5c73e99118782.jpg 5c73e9abc60c1.jpg 5c73e9b0a7ffa.jpg 5c73e9e861696.jpg 5c73e9eaaaedf.jpg 5c73e9ed3affc.jpg 5c73e9ee9a190.jpg 5c73e9f19196f.jpg 5c73e9f48538e.jpg 5c73e9f5847eb.jpg 5c73e9f7e57ea.jpg 5c73e9fddfde5.jpg 5c73ea009c735.jpg 5c73ea066675e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको