Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपा महाधिवेशन : सरकारका ८ मन्त्रीहरु केन्द्रीय सदस्यमा निर्वाचित, श्रममन्त्री पराजित

अर्थ संसार

शुक्रबार, १२ असार २०८३, १५ : ५३ मा प्रकाशित

रास्वपा महाधिवेशन : सरकारका ८ मन्त्रीहरु केन्द्रीय सदस्यमा निर्वाचित, श्रममन्त्री पराजित

बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय समितिमा निर्वाचित भएका छन् । श्रममन्त्री रामजी यादवले भने पराजय व्यहोरे ।

महाधिवेशनमा सर्वाधिक मत ल्याउने तीनजना नै मन्त्रीहरु छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानून मन्त्री सोविता गौतम र परराष्ट्रमन्त्री शिशिर खनालले सर्वाधिक मत ल्याएर जितेका हुन् । केन्द्रीय सदस्यमा विजयी हुने अन्य मन्त्रीहरुमा बिराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, सीता वादी, निशा मेहता र गीता चौधरी रहेका छन् ।

सरकारका ६ जना मन्त्रीहरुले भने रास्वपाको चुनावमा उम्मेदवारी दिएनन् । प्रधानमन्त्री बालेन्द्र शाह वरिष्ठ नेतामा निर्वाचनबिनै छानिए । गृहमन्त्री सुधन गुरुङ, पर्यटनमन्त्री खडकराज पौडेल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल, उद्योगमन्त्री गौरीकुमारी यादवले पनि चुनावी दौडमा भाग लिएनन् । उनीहरु मनोनित केन्द्रीय सदस्य बन्न सक्नेछन् ।

श्रम मन्त्री रामजी यादव भने चुनावी प्रतिस्पर्धामा पछि परे । खुल्ला केन्द्रीय सदस्यमा उठेका उनले ८६९ मत ल्याएका थिए । केन्द्रीय सदस्यको दौडमा रहेका सबै मन्त्रीले १ हजार ५०० मत कटाए पनि यादवले भने हजार मत पनि ल्याउन सकेनन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको