Like us!
Follow us!
Connect us!
Watch us!

संसदमा एमालेले भन्यो - विष्णु पौडेलको गिरफ्तारी राजनीतिक प्रतिशोध

अर्थ संसार

आइतबार, १४ असार २०८३, १२ : ४७ मा प्रकाशित

संसदमा एमालेले  भन्यो - विष्णु पौडेलको गिरफ्तारी राजनीतिक प्रतिशोध

नेकपा (एमाले) ले आफ्ना पार्टी उपाध्यक्ष एवं प्रभावशाली नेता विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको आरोप लगाएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद पुष्पराज कँडेलले सरकारले पूर्वाग्रही ढंगले पौडेललाई पक्राउ गरेको भन्दै कडा आपत्ति जनाए। सांसद कँडेलले गत निर्वाचनका प्रतिस्पर्धीले दिएको बयानलाई मात्र आधार बनाएर नेता पौडेललाई समातिएको दाबी समेत गरे । सरकारको यो कदम राजनीतिक रूपमा प्रेरित र प्रतिशोधपूर्ण रहेको एमालेको ठहर छ।

कँडेलले भने,यो गिरफ्तारी गत चैतमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको प्रतिशोधी व्यवहारकै अर्को कडी हो ।'

सरकारले आफ्ना निकटस्थहरूलाई जोगाउन र विपक्षी दलका नेताहरूलाई तर्साउन यस्तो कदम चालेको उनको आरोप छ। एमालेलाई बदनाम गर्ने उद्देश्यले गरिएको भन्दै उनले पौडेलको तत्काल रिहाइको माग गरे। साथै, सांसद कँडेलले गत जेठ १७ गते संसद्‍मा बालेन्द्र शाहले दिएको अभिव्यक्ति ‘राष्ट्रघाती’ भएको भन्दै त्यसलाई संसद्को अभिलेखबाट हटाउन समेत माग गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको