Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको पस्र्याङ्गमा

सोमबार, १३ फागुन २०७५, १९ : २० मा प्रकाशित

एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको पस्र्याङ्गमा

अर्थ संसार, काठमाडौं– नीजि क्षेत्रको सवै भन्दा ठूला बैंक एनआईसी एशिया बैंक लिमिटेडले सोमबार पोखरा महानगरपालिका वडा नं ५, पस्र्याङ्ग स्थित पस्र्याङ्ग शाखाको उद्घाटन गरिएको छ ।

उक्त शाखाको उद्घाटन पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जि.सी.ले उद्घाटन गर्नु भएको थियो ।

मिति २०७५ भाद्र २ गतेबाट कारोबार सुरु भएको उक्त शाखाको उद्घाटन समारोहका प्रमुख अतिथि  जि.सी.ले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गर्नुभयो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७१ अर्ब तथाकर्जा रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको