Like us!
Follow us!
Connect us!
Watch us!

निशानमा नयाँ सवारी, यस्ता छन् सुविधा र मूल्य सूचीसहित

विहीबार, १६ फागुन २०७५, १२ : ४९ मा प्रकाशित

निशानमा नयाँ सवारी, यस्ता छन् सुविधा र मूल्य सूचीसहित

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा जापानी कम्पनीका विभिन्न ब्राण्डका सवारी साधन बिक्रीमा रहेको छ । पायोनियर मोटो कर्पले निशान ब्राण्डको सवारी साधान समेत उपलब्ध गराएको छ ।

त्यसमा निशान माइक्रा, सनी नभारा, एक्सट्रेल, किक्सका सवारी उपलब्ध गराएको छ । माइक्रा तर्फ माइक्रा एक्स एलको मूल्य रु २६ लाख ९९ हजार, माइएक्रा एक्सएलओको मूल्य रु २८ लाख ३४ हजार, माइक्रा एक्सभीको मूल्य रु २९ लाख ४९ हजार रहेको छ । यी सवारी ११९८ सिसीमा उपलब्ध छन् ।

निशा सनीमा पेट्रोल र डिजल गरी तीन प्रकारका सवारी नेपाली बजारमा उपलब्ध छन् । त्यसमा निशान सनी पेट्रोलको मूल्य रु ३८ लाख ९९ हजार रहेको छ । सनी डिजल एक्सएलको मूल्य रु ३६ लाख ९९ हजार रहेको छ । सनी डिजल एक्सभीको मूल्य रु ३८ लाख ९९ हजार रहेको छ ।

निशान नभारामा दुई वटा मोडल छन् । त्यसमा नभारा एमटीको मूल्य रु ७६ लाख ४९ हजार र नभारा एटीको मूल्य रु ८६ लाख ४९ हजार रहेको छ ।

एक्सट्रेलतर्फ दुई वटा सवारी छन् । पाँच सिट र सात सिट क्षमताका ती सवारीको मूल्य रु एक करोड २४ लाख ९९ हजार र रु एक करोड २९ लाख ९९ हजार छन् ।

किक्स तर्फ एक्सएल पेट्रोल रु ४७ लाख ९९ हजार, एक्सभी पेट्रोल रु ५२ लाख ९९ हजार, एक्सएल डिजलको मूल्य रु ४९ लाख ९९ हजार, एक्सभी डिजलको मूल्य रु ५६ लाख ४९ हजार, एक्सभीपी डिजलको मूल्य रु ५९ लाख ९९ हजार रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको