Like us!
Follow us!
Connect us!
Watch us!

तस्विरमा मन्त्री अधिकारीसहित ७ जनाको अन्तिम बिदाई

शुक्रबार, १७ फागुन २०७५, १७ : १४ मा प्रकाशित

तस्विरमा मन्त्री अधिकारीसहित ७ जनाको अन्तिम बिदाई

अर्थ संसार, काठमाडौ – ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई प्रधानमन्त्री लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले द्धाञ्जलि अर्पण गरेका छन् ।

रवीन्द अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा  ओढाइएको छ । पार्थिव शरीरमा नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डले पार्टीके झण्डा ओढाएका थिए ।

अधिकारीसहित सातै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पनि टुँडिखेल पुगेर श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ ।
 

त्रिवि शिक्षण अस्पतालबाट शव यहाँ ल्याइएपछि श्रद्धाञ्जलिको कार्यक्रम शुरु भएदेखि नै श्रद्धाञ्जलि दिन मृतकका परिवार, आफन्तजन, शुभेच्छुकको भीड लागेको थियो ।

श्रद्धाञ्जलि दिन सातै जनाको शव टुँडिखेलमा राखिएको थियो ।  दुर्घटनामा निधन भएका सबैको शव हिजो अपराह्न काठमाडौँ ल्याई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो । शव परीक्षणपछि त्रिवि शिक्षण अस्पतालबाट शव श्रद्धाञ्जलिका लागि टुँडिखेलमा ल्याइएको थियो ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

तस्विर :  रोशन सापकोटा\प्रदीपराज वन्त/हरि बाँस्तोला, रासस

5c791b69d1bd2.JPG 5c791b6aba999.JPG 5c791b723326a.JPG 5c791b734fb31.JPG 5c791b74a128e.JPG 5c791b75ce5b4.JPG 5c791b7757eb7.JPG 5c791b7901019.JPG 5c791b7a5e6e7.JPG 5c791b7bda563.JPG 5c791b7dbe07d.jpg 5c791b7e5ad8b.jpg 5c791b7f29d0c.jpg 5c791b8084a4f.jpg 5c791b82713c6.jpg 5c791b82e2981.jpg 5c791b83bcec7.jpg 5c791b857e9c9.jpg 5c791b85a1857.jpg 5c791b8733c95.jpg 5c791b88375a1.jpg 5c791b897884f.jpg 5c791b8a8d56f.jpg 5c791b8acb26d.JPG 5c791b8b6d681.JPG 5c791b8bcb4a2.JPG 5c791b8c5e265.JPG 5c791b8c6a6ce.JPG 5c791b8d4b741.JPG 5c791b8dcefe7.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको