दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी मृत्यु हुने संख्या ११ पुगेको छ ।
जीप दुर्घटनामा परी मुत्यु हुनेमा दुहूँ गाउँपालिका–२ हिकिलाका ४१ वर्षीय कल्यानसिंह बडाल, उनकी १५ वर्षीया छोरी निर्मला बडाल र सोही स्थानकी ३५ वर्षीया पारुली धामी , दुहूँ गाउँपालिका– १ का २४ वर्षीय धनबहादुर बम, ४५ वर्षीया गोमती बम, ७१ वर्षीया धना बम ,५३ वर्षीया मानमती भट्ट, दुहूँ गाउँपालिका ४ की अन्दाजी ५५ वर्षीया अम्मरा बम, ७ वर्षीया आयुशा बम, बैतडी दोगाडाकेदार गाउँपालिका–६ सित्तडका प्रताप चन्द र २१ स्नेहा बमको दुर्घटनामा परी ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।
सदरमुकाम खलङ्गाबाट हिकिलातर्फ गइरहेको म१ज २८० नंको जीप महाकाली नदीमा खसेको हो ।
सख्त घाइते जीप चालक दीपकसिंह धामीलाई उपचारका लागि भारतको पिथौरागढ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिए ।जीप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको थियो । घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर उत्तरमा पर्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस