Like us!
Follow us!
Connect us!
Watch us!

ब्यवसायी र बैंकरलाई अर्थमन्त्रीको चेतावनी- सरकारले हात्तिको जस्तो सुँड पसार्नु नपरोस्

बुधबार, २२ फागुन २०७५, १३ : ०७ मा प्रकाशित

ब्यवसायी र बैंकरलाई अर्थमन्त्रीको चेतावनी- सरकारले हात्तिको जस्तो सुँड पसार्नु नपरोस्

अर्थ संसार, काठमाडौँ –  अर्थमन्त्री डा युवराज खतिवडाले बैंक तथा उद्योगी व्यवसायीले व्यवसायिक मर्यादामा नरहे सरकार हात्तीले सुढ पसारे जस्तो गर्नुपर्ने चेतावनी दिनुभएको छ ।

आजदेखि सञ्चालनमा आएको पूर्वाधार बैंकको कार्यक्रमलार्य सम्बोधन गदैृ उहाँले बैंक तथा वित्तीय संस्थामा पनि अराजकता बढेको र विधिमा चल्न छाडेको भन्दै सरकारले कुनै न कुनै रुपमा त्यस्तो प्रवृत्तिलाई नियमन गर्ने बताउनुभयो ।

कानूनको परिपालना गराउन सरकार प्रतिवद्ध रहेको भन्दै उहाँले नियम मिच्नेलाई कारवाही गर्ने विधि समेत सरकारसँग नै सुरक्षित रहेको बताउनुभयो ।

यस्तै उद्योगी व्यवसायीलाई समेत मर्यादामा रहेर व्यापार व्यवसाय गर्न अर्थमन्त्रीले आग्रह गर्नुभयो । ठूला पूर्वाधारका लगानी गर्ने लक्ष्यका साथ पूर्वाधार बैंक स्थापना गरिएको हो । कूल  रु २० अर्ब पूँजीको सो बैंकले सडक, रेल जस्ता भौतिक पूर्वाधारमा लगानी गर्ने र सरकारले अगाडि सारेको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्ने सरकारको दावी छ । तर सो बैंकमा सरकारको १० प्रतिशत शेयर पूँजी रहेको छ ।

बाँकी ९० प्रतिशत भने अन्य बैंक तथा वित्तीय संस्थाको पूँजी रहेको छ ।  

5c7faf3272b22.JPG 5c7faf32814c7.JPG 5c7faf32adb6c.JPG 5c7faf3d8e094.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको