Like us!
Follow us!
Connect us!
Watch us!

मध्यावधि समीक्षाको प्रभाव शेयर बजारमा, नौ अंकले बढ्यो

बुधबार, २२ फागुन २०७५, १५ : ३६ मा प्रकाशित

मध्यावधि समीक्षाको प्रभाव शेयर बजारमा, नौ अंकले बढ्यो

अर्थ संसार, काठमाडौँ –  शेयर बजार आज भने नौ  अंकले  वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक ९.१२ बिन्दुले बढेर एक हजार ११७.७६ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०३ विन्दुले बढेर २३६.२८ विन्दुमा पुगेको छ । कूल १६९ कम्पनीको आठ लाख २६ हजार १३ कित्ता शेयर रु २२ करोड ४६ लाख ६६ हजार १२८ मूल्यमा खरीद बिक्री भए ।

स्टककाअनुसार आज सबै उपसमूहको शेयर वृद्धि भएको छ । बैंकिङ ७.२३, होटल २५.४४, विकास बैंक १०.८२, जलविद्युत् ५.९, फाइनान्स ४.३६, निर्जीवन बीमा ६७.५६, उत्पादन ३.९६, अन्य ०.५३, लघुवित्त १९.५ र जीवन बीमा ९६.१४ बिन्दुले बढेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको