Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको ३४ औं वार्षिक साधारणसभा : शेयरधनीको हातमा ३४ प्रतिशत बोनस

सोमबार, २७ फागुन २०७५, १८ : ५० मा प्रकाशित

नबिल बैंकको ३४ औं वार्षिक साधारणसभा : शेयरधनीको हातमा ३४ प्रतिशत बोनस

अर्थ संसार, काठमाडौं- नबिल बैंक लिमिटेडल सोमबार आफ्नो ३४ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । 

बैंकका सञ्चालक समितिका अध्यक्ष शम्भु प्रसाद  पौड्यालको अध्यक्षतामा बसेको ३४ औं वार्षिक साधारण सभाबाट संचालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृती अनुसार आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट नगद लाभांश २२ प्रतिशत र बोनस शेयर १२ प्रतिशत दिने प्रस्ताव पारित गरेको छ ।

विगत तीन दशकभन्दा बढी निरन्तर सेवाबाट नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ ।

बैंकले आ.व. २०७४/७५ मा निजी क्षेत्रको बैंकहरुमध्ये उच्चतम मुनाफा रु.३ अर्ब ९८ करोड हासिल गर्न सफल भएको छ । बैंकले जेथामा प्रतिफल २१.२२ प्रतिशत र प्रति शेयर आम्दानी रु.५०.२५ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. १ खर्ब ६१ अर्ब पुर्याएको छ ।

बैंकको संचालन मुनाफा ५ अर्ब ६५ करोड रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंककोे यस वर्षको संचालन मुनाफा र खुद मुनाफामा क्रमश ७.५२ र ७.५५ ले वृद्घि भएको छ । वाणिज्य बैंकहरुमध्ये आ.व. २०७३\७४ मा सबै भन्दा बढी कर राजस्वमा योगदान पुर्याए वापत बैंकले आन्तरिक राजस्व विभागबाट सम्मान प्राप्त गरेको छ ।

बैंकको संचालक समितिका अध्यक्ष शम्भु प्रसाद  पौड्यालको सफल नेतृत्वमा अघि बढिरहेको यस बैंकको “नेटवर्थ” रु. २० अर्ब ५९ करोड रहेको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित वोनस शेयर पश्चात बैंकको पूँजी यस बर्ष रु. ९ अर्ब १ करोड नाघेको छ ।

साधारण सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष   पौड्यालले भन्नुभयो “नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाईआधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्याउन सफल भएकोमा हामी गौरवान्वित रहेका छौं ।”

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको