Like us!
Follow us!
Connect us!
Watch us!

इष्टर्न हाइड्रोपावरको शेयर खुला

आइतबार, ०३ चैत्र २०७५, १७ : २५ मा प्रकाशित

इष्टर्न हाइड्रोपावरको शेयर खुला

अर्थ संसार, भोजपुर– पिखुवा खेलामा निर्माण भइरहेको इष्टर्न हाइड्रोपावरको आजदेखि संस्थापक शेयर खुला गरिएको छ । हाइड्रोपावरको मुख्य रुपमा प्रभावित क्षेत्र पर्ने भोजपुर नगरपालिका वडा नम्बर ५, ६,७ र ९ तथा अन्य जिल्लाबासीका लागि शेयर खुला गरिएको इष्टर्न हाइड्रोपावर लिमिटेडले जनाएको छ ।

प्रभावित ४ वटा वडाका स्थानीयवासीले प्रतिकित्ता एक सय र प्रभावित क्षेत्रबाहेकका अन्यले प्रतिकित्ता १५० मा कम्तीमा ५० कित्ता र बढीमा १० हजार कित्तासम्म शेयर खरीद गर्न सक्ने कम्पनीका जनसम्पर्क अधिकृत दीपेन राईले जानकारी दिनुभयो । शेयर प्रभु बैंक भोजपुरमार्फत लिन सकिने जनाइएको छ । शेयर आजदेखि १५ दिनसम्म खरीद गर्न सकिने अधिकृत राईले जानकारी दिनुभयो ।

हाइड्रोपावरको काम ९९ प्रतिशत सम्पन्न भएकाले यही चैतभित्र सञ्चालन गरिने कम्पनीले पत्रकारसम्मलेनमार्फत जनाएको छ । यो जलविद्युत जिल्लाको हालसम्मकै सबैभन्दा बढी पाँच मेगावाट क्षमताको हो । जलविद्युत् आयोजना करीब रु एक अर्ब २० करोड लागतमा निर्माण भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको