अर्थ संसार, काठमाडौं– नेपालको अग्रणी इन्टरनेट र टि.भी. सेवा प्रदायक भायनेट कम्युनिकेसनले यही चैत्र ४ गतेका दिन आफ्नो नयाँ शाखा भैरहवामा संचालन गरेको छ । नयाँ सडक, भैरहवामा अवस्थित १२ औं शाखालाई उद्योग वाणिज्य संघका अध्यक्ष श्री कुल प्रसाद न्यौपाने ज्यूले उद्घाटन गर्नुभएको थियो ।
विगत १९ वर्षदेखि भायनेटले विश्वसनीय र बजेट किफायती ब्रोड–ब्याण्ड सेवा प्रदान गर्दै आएको छ । सन् २०११ मा भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक्स सेवा अर्थात FTTH इन्टरनेट सेवा सुचारु गरेको थियो । सन् २०१६ मा भायनेटले आफ्नो ग्राहकहरुलाई उच्चस्तरीय टि.भी. सेवा प्रदान गर्नको निमित्त ८० भन्दा बढी HD च्यानल सहित २३० वटा च्यानल भएको NETTV सँग साझेदारी गरेको थियो ।
आजको समयमा भायनेट सन्तुष्ट ग्राहकहरु भएको र उत्कृष्ट सेवा प्रदान गर्ने इन्टरनेट प्रदायकको रुपमा चिनिन्छ । १५० भन्दा बढी कर्मचारी रहेको कल सेन्टर मार्फत भायनेटले ३६५ दिन नै २४ सैं घण्टा ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
सेवा प्रदान गर्ने उद्देश्य बोकेको भायनेटले ग्राहकहरुको सहजताका लागि सेल्फ–सर्भिस क्लाइन्ट–कष्टुमर पोर्टल र कष्टुमर मोबाइल एप् प्रदान गर्दै आएको छ । यस अन्तर्गत ग्राहकहरुले सजिलैसँग इन्टरनेट सेवाको प्रबंधन, निगरानी र सर्पोट सेवा प्राप्त गर्न सक्नुहुनेछ ।
हाल उपलब्ध भायनेटको योजना मार्फत वार्षिक ग्राहकहरुले इन्टरनेटको प्लानमा १ वर्षको नेट टि.भी. र नेट टि.भी. सेट–टप–बक्स निःशुल्क प्राप्त गर्न सक्नुहुनेछ । यसका साथै चैत्र मसान्त भित्र नयाँ शाखा भ्रमण गर्ने ग्राहकहरुले आकर्षक छुट तथा अफरहरु समेत प्राप्त गर्नसक्नु हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस