Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्री लम्साललाई सांसद बासनाको प्रश्न - जिम्मेवारीमा बसेर भौतिक कारबाही गर्छु भन्ने ?

अर्थ संसार

मंगलबार, ०२ असार २०८३, १३ : ३१ मा प्रकाशित

मन्त्री लम्साललाई सांसद बासनाको प्रश्न - जिम्मेवारीमा बसेर भौतिक कारबाही गर्छु भन्ने ?

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले संसदीय समितिहरू सक्रिय रूपमा सञ्चालन भइरहे पनि समितिको गरिमा र संसद्को प्रतिष्ठा अपेक्षाअनुसार कायम हुन नसकेको बताएकी छन्।

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले समितिका बैठकमा मन्त्रीहरूको अनुपस्थिति र सांसदहरूले उठाएका प्रश्नको पर्याप्त जवाफ नपाइने अवस्थाप्रति असन्तुष्टि व्यक्त गरिन्। सांसदहरूले विभिन्न विषयमा पटक–पटक प्रश्न उठाए पनि सम्बन्धित मन्त्रीहरूबाट अपेक्षित जवाफ प्राप्त हुन नसकेको उनको भनाइ थियो। थापाले दुई तिहाइको जनादेशसहित गठन भएको सरकारले प्रस्तुत गरेको बजेट पुरानै कार्यक्रमलाई सामान्य परिमार्जन गरी ल्याइएको जस्तो देखिएको टिप्पणी गरिन्। स्वास्थ्य, शिक्षा तथा पूर्वाधार क्षेत्रका बजेटहरू मुख्यतः सहर केन्द्रित रहेको उल्लेख गर्दै उनले ग्रामीण तथा दुर्गम क्षेत्रका आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताइन्।

त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले ‘ठेकेदारको खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्ति दिएको विषयमा प्रतिक्रिया दिँदै थापाले उक्त भनाइ गैरजिम्मेवारपूर्ण रहेको बताइन्। उक्त अभिव्यक्ति आवेगमा व्यक्त भएको हो वा होइन भन्ने विषयमा मन्त्रीसँग प्रत्यक्ष रूपमा स्पष्टीकरण लिन चाहेको उनले उल्लेख गरिन्।

उनले भनिन्, ‘उहाँको गैर जिम्मेवारी अभिव्यक्ति आएको छ। ठेकेदारलाई काम गर्ने वातावरण बनाएर उहाँहरूलाई बोलाएर कानुन सम्मत अगाडि बढ्ने हो कि? एकैचोटि भौतिक कारबाही गर्छु भन्ने? यो किन बोल्नुभयो? अस्ति एकथरीले प्रधानमन्त्रीको टङ स्लिप भएको भन्नुभएको छ। उहाँको पनि त्यस्तै हो कि?’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको