Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसरमा तनाब, शेयर लगानीकर्ता दवाब समूहका संयोजक हरी ढकालसहित १५ जना नियन्त्रणमा

मंगलबार, १२ चैत्र २०७५, १२ : १५ मा प्रकाशित

नेप्से परिसरमा तनाब, शेयर लगानीकर्ता दवाब समूहका संयोजक हरी ढकालसहित १५ जना  नियन्त्रणमा

अर्थ संसार, काठमाडौं–पूँजी बजारको विकासका लागि आफ्ना विभिन्न माग सम्बोधन नभएको भन्दै नेपाल स्टक एक्सचेञ्जको भद्रकालीस्थित कार्यालयमा धर्नामा उत्रिएका शेयर लगानीकर्ता दवाब समूहका प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेमा संयोजक हरि ढकाल, सल्लाहकार तिलक कोइराला, माहासचिब नयन बास्तोला, वरिष्ठ उपाध्यक्ष दिपेन्द्र अग्रवाल, सुष्मा ढुंगाना लगायत अन्य अनसनरत लगानीकर्ताहरु छन ।

सिंहदरबार अगाडिको संवेदनशील र धर्नाका लागि निषेधित क्षेत्र परेको तथा युएन पार्क मार्गको बाटोसमेत अवरोध हुनसक्ने भएकाले उनीहरुलाई पक्राउ गरिएको सो स्थलमा खटिएका नेपाल प्रहरीका प्रहरी उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो ।

उहाँले आफ्ना मागका बारेमा सम्बन्धित निकायमा गएर वार्ता गर्न वा शान्तिबाटिकामा गएर शान्तिपूर्ण धर्ना बस्न सकिने बताउनुभयो । 

समूहका प्रतिनिधि तिलक कोइरालाले पूँजी बजारलाई विशेष क्षेत्र तोकी प्राथमिकता दिनेलगायत विगतमा भएको सहमति अर्थ मन्त्रालयबाट कार्यान्वयन नभएको विषयमा ध्यानाकर्षण गराउन शान्तिपूर्ण धर्नामा बस्दा प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको