Like us!
Follow us!
Connect us!
Watch us!

त्रिशुलीको आइपीओ आज बाँडफाँट हुँदै

विहीबार, १४ चैत्र २०७५, १० : ५५ मा प्रकाशित

त्रिशुलीको आइपीओ आज बाँडफाँट  हुँदै

अर्थ संसार, काठमाडौं – त्रिशुली जलविद्युत कम्पनीले निश्कासन गरेको साधारण (शेयर ) आइपिओ आज  बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार  दिउँसो १ बजे जलस्रोत तथा सिंचाई मन्त्रालयको सभा हल सिंहदरबार भित्र आइपीओ बाँडफाँट हुने कार्यक्रम तय भएको छ ।  कम्पनीको आइपीओमा करिब १८ गुणा बढी  आवेदन परेको छ ।
 
कम्पनीले चैत ७ गतेदेखि चैत ११ गतेसम्म सर्वसाधारणका लागि ३५ लाख ९३ हजार ८५० कित्ता सेयर बिक्रीमा ल्याएको हो । कुल ३७ लाख ५ हजार कित्ता आइपीओमध्ये १ लाख ११ हजार १५० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ ।

यो आइपीओमा पहिलो चरणमा प्रतिकित्ता १० रुपैयाँ तिरेर आवेदन दिने व्यवस्था गरिएको थियो ।  प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ भए पनि बाँकी रकम कम्पनीले दोस्रो चरणमा माग गर्नेछ ।
 
लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम १० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्ने व्यवस्था थियो । सरकारले फागुन २ गते घोषणा गरेको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत त्रिशुलीको आइपीओ जारी गरेको हो ।
 
उक्त घोषणा अनुसार पहिलो किस्ता अन्तर्गत लगानीकर्ताले आवेदनका साथ खरिद गर्न प्रतिबद्धता गरेको रकमको १० प्रतिशत बुझाएका थिए । आयोजना निर्माणको न्यूनतम ७५ प्रतिशत भौतिक प्रगति हासिल भएपछि मात्रै प्रतिबद्धता अनुसारको बाँकी ९० प्रतिशत रकम दोस्रो किस्तामा बुझाउनुपर्ने व्यवस्था छ ।
 
त्रिशुली जलविद्युत आयोजनाको कुल क्षमता ३७ मेगावाट रहेको छ । सरकारले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत ६ खर्ब ९५ अर्ब ८० करोड रुपैयाँ लागतमा १९ वटा आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको