अर्थ संसार, काठमाडौं–  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोे आफ्नो ३० औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
सो साधारण सभामा कम्पनी अध्यक्ष प्रेमा सिंहले २०७७३\७४ मा कम्पनीले सन्तोषजनक प्रगति गरेको बताउन भयो ।
त्यस्तै कम्पनीले सोही वर्षमा कूल रु.५०६ करोड बीमा शुल्क संकलन भएको र रु. १६९ करोड कूल दावी भुक्तानी गरेको एवम् रु.४१ करोडको खुद मुनाफा आर्जन गरेको सभामा अवगत गराउनु भयो ।
यसै गरी आ.व.२०७७३\७४ को अन्त सम्ममा कम्पनीको कुल लगानी १९.४२ प्रतिशतले बृद्धि भई रु. 1,696    करोड पुगेको छ र कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २०.८० प्रतिशतले बृद्धि भई २०७४ असार मसान्त सम्ममा रु.१७ अरब २९ करोडपुगेको जानकारी गराउनु भयो ।
सभामा अध्यक्षले कम्पनी पूँजीको हिसाबले समेत सवल भएको र गत साधारण सभावाट पारित निर्णय अनुसार ६० प्रतिशत हकप्रद शेयर जारी प्रक्रृया सम्पन्न भई समिक्षा वर्षको प्रस्तावित वोनस शेयर समेत गरी कूल चुक्ता पूँजी रु.३ अर्ब भन्दा बढी हुन जाने जानकारी गराउनु भयो ।
कम्पनी आफ्नो शाखाहरु विस्तार गरी थप सुविधायुक्त बनाउने तर्फ प्रयत्नशील छ र यसवाट ब्यवसायमा सकारात्मक प्रभाव पारेको छ । सभामा अध्यक्षले लगानी विविधिकरण गरी लामो अवधिको लगानी बृद्धि गरी कम्पनीको प्रतिफल बृद्धि गर्ने तर्फ कम्पनीको प्रयास केन्द्रित रहेको अवगत गराउनु भयो । आगामी दिनहरुमा नेपाली बीमा बजारमा थप अद्यावधिक बीमालेखहरु प्रवेश गराउन र आफ्ना ग्राहकवर्गलाई प्रदान गर्ने सेवाको गुणस्तरमा बृद्धि गर्न कम्पनी सदैव प्रयासरत रहने समेत अध्यक्षले सभामा जानकारी गराउनु भयो ।
घण् औं वार्षिक साधारण सभाले आ.ब. २०७७३\७४ को लागि चुक्ता पूंजीको १३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश रु.१,८८,२७,०१०/-पारित गरेको छ ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस