Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार घट्दा युनियन हाइड्रोपावरको IPO मा लगानीको अवसर ! मागेजति नै पाउन सकिने

सोमबार, १८ चैत्र २०७५, ११ : १९ मा प्रकाशित

शेयर बजार घट्दा युनियन हाइड्रोपावरको IPO मा लगानीको अवसर ! मागेजति नै पाउन सकिने

अर्थ संसार, काठमाडौं– युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले निश्कासन गरेको साधारण शेयर (आइपिओ) मा २५ लाख ७२ हजार ७८० कित्ताको लागि आवेदन परेको छ  ।

बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको अनुसार सोमबार दिउँसो १० बजेसम्म  ३१ हजार ४ सय ७४ जना आवेदकले आवेदन दिएका हुन् ।  यस कम्पनीको शेयरमा लगानी गर्र्न इच्छुक लगानीकर्ताले ०७६ वैशाख १२ गतेसम्म आवेदन दिन सक्नुहुनेछ । यो मिति अगावै सवै शेयर संख्यामा आवेन परेको खण्डमा कम्पनीले सूचना प्रकाशित गरी बन्द पनि गर्न सक्नेछ ।

कम्पनीले चैत १३ गतेदेखि  प्रतिकित्ता १ सय अंकित मूल्यका ३५ लाख ३४ हजार ३ सय ४० कित्ता साधारण सेयर निष्कासन गरेको छ ।

निष्कासन गरिएको शेयरमध्ये ७० हजार ६ सय ८६ कित्ता कर्मचारी र १ लाख ७६ हजार ७ सय १७ कित्ता सामुहिक लगानीक कोषका लागि सुरक्षित गरिएको छ । बाँकी सर्वसाधारण लगानीकर्ताले बाँकी ३२ लाख ८६ हजार ९ सय ३७ कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको ७ लाख ५० हजार कित्तामध्ये आवेदन नपरेको ६ लाख २१ हजार ७ सय ९० कित्तासहित सो शेयर निष्कासन गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ३५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको प्रतिमेगावाट लागत २६ करोड ५० लाख २५ हजार ९ सय १५ दशमलव शून्य २ रहेको छ भने कुल लागत ७९ करोड ५० लाख ७७ हजार ७ सय ४५ दशमलव शून्य ६ रहेको छ । कम्पनीको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि २९ वर्ष बाँकी रहेको छ ।

कम्पनीको सामान्य लगानी फिर्ता हुने अवधि १० दशमलव ६१ वर्ष रहेको छ भने डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि २३ दशमलव २३ वर्ष रहेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेकोछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामासहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले लम्जुङ्गको साविक करापु–८  र ९ तथा हाल मध्यनेपाल न।पा ८ मा रहेको मिदिम खेला ९करापु० मा ३ मेगावाट क्षमताको  जलविद्युत आयोजन निर्माण सम्पन्न गरी चालु अवस्थामा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको