अर्थ संसार, काठमाडौं – गुराँस लाइफ इन्स्योरेन्सले आज वार्षिक साधारण सभा हुँदैछ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रतिवेदन पारित, लाभांश लगायतका विविध प्रस्ताव सहित सभा बोलाएको हो ।
बिहान ११ बजे बानेश्वर ब्याङक्वेट, थापागाउँमा शुरु हुने सभाले ८ प्रतिशत बोनस शेयर, कर प्रयोजनका लागि ०..४२ प्रतिशत नगद लाभांश सहित बोनस शेयर पश्चात र ५० प्रतिशत हकप्रद पछि कायम चुक्तापूँजीको शत प्रतिशत हकप्रद जारी गर्ने प्रस्तावमाथि छलफल हुनेछ ।
साथै, सञ्चालक समितिका सञ्चालक रिषी कुमार गाडीयाको राजीनामा पश्चात रिक्त पदमा बाँकी अवधिको लागि सौरभ दुगडको नियुक्ति अनुमोदन समेत सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत ६ गतेदेखि बुक क्लोज गरेकाले चैत ५ गतेसम्म कायम सदस्यहरुले मात्र सभामा भाग लिई लाभांश प्राप्त गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस