अर्थ संसार, काठमाडौं– अनलाइन कारोबार लागि ब्रोकरहरुले सहज रुपमा लगइन उपलव्ध नभएको लगानीकर्ताको गुनासोप्रति नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ध्यानाकर्षण भएको छ ।
नेप्सेले बुधार सूचना जारी गरी लगानीकर्ताहरुले ब्रोकर कम्पनीहरुबाट लगइन सहज तरीकाले पाउने नसकेको गुनासो आएको जानकारी दिएको हो । पुँजीबजारको पहुँच विश्वव्यापी रुपमा विस्तार गर्ने गरी पूर्ण अनलाइनकारोबार भित्र्याएको नेप्सेले लगानीकर्तालाई निशुल्क लगइन प्रदान गरिरहेको छ ।
यस परिप्रेक्ष्यमा कुनै पनि लगानीकर्ताले लगइन पाउन कठिन भएमा सिधै नेप्सेको सुपरिवेक्षण शाखामा जानकारी गाउन नेप्सेले अनुरोध गरेको छ ।
साथै, नेप्सेको कारोबार प्रणालीको लगइन दिने कार्य महत्वका साथ गरी पुँजीबजारको दायरा फराकिलो पार्ने कार्यमा सहयोग गर्न सम्पुर्ण ब्रोकर कम्पनीहरुलाई समेत अनुरोध गरेको छ । लगइन लिई धितोपत्रको कारोबार गर्दा थप आर्थिक भार लगानीकर्तामा नपर्ने नेप्सेले प्रष्ट पारेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस