Like us!
Follow us!
Connect us!
Watch us!

सपोर्ट र मिथिलाको एजिएम आज, लाभांश प्रस्ताव कसको कति ?

शनिबार, २३ चैत्र २०७५, ०९ : ३७ मा प्रकाशित

सपोर्ट र मिथिलाको एजिएम आज,  लाभांश प्रस्ताव कसको कति ?

अर्थ संसार, काठमाडौं- सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको चौथौं र मिथिला लघुवित्त वित्तीय संस्थाको दशौं वार्षिक साधारण शनिबार अर्थात आज हुँदैछ ।

सपोर्ट माइक्रोफाइनान्सले होटल त्रियुगा, आइतबारे, इटहरी ६, सुनसरीमा सभा आयोजना गरेको छ । कम्पनीले सभामा हाल कायम रहेको  ६ करोड चुक्तापूँजीको ३ बराबर २ अनुपातमा हकप्रद शेयर जारी गरी चुक्तापूँजी  १० करोड पुर्यार्उने प्रस्ताव गरेकोे छ ।

मिथिला लघुवित्तले बौवा होटलको सभा हल, मिथिला न.पा. १० लालगढ, धनुषामा सभा आयोजना गरेको छ । कम्पनीले सभामा १० दशमलव ४५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५४९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साथै, सञ्चालक समितिमा २ जना सर्वसाधारण शेयरधनीको समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने र हाल कायम रहेको जारी पूँजीको ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व रहेकोमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण शेयरधनी समूहको शेयर स्वामित्व हुने गरी पूँजी संरचना परिवर्तन गर्ने पनि रहको छ ।

सभामा संस्थापक शेयरधनीको शेयर सर्वसाधारण शेयर सरह धितोपत्रको दोस्रो बजारमार्फत कारोबार गर्ने सम्बन्धी प्रस्ताव रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको