Like us!
Follow us!
Connect us!
Watch us!

सामुदायिक लघुवित्तको एजिएम आज, पारित गर्नु पर्ने एजेण्डा यस्ता छन्

आइतबार, २४ चैत्र २०७५, ०८ : २६ मा प्रकाशित

सामुदायिक लघुवित्तको एजिएम आज, पारित गर्नु पर्ने एजेण्डा यस्ता छन्

अर्थ संसार, काठमाडौं – सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभा चैत २४ गते अर्थात आज हुँदैछ ।  

कम्पनीले सभाको लागि शेयरधनीहरुलाई बिहान ११ बजे लहरीखर्क रिसोर्ट, बनेपामा बोलाएको हो । कम्पनीको सभाले वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने, लेखा परीक्षक नियुक्ती गर्ने र संस्थापकतर्फबाट ४ जना र सर्वसाधारणतर्फबाट २ जना सञ्चालक समितिमा निर्वाचन गर्ने प्रस्ताव राखेको छ ।

संस्थाको चुक्तापूँजी  १० करोड कायम गर्ने र सोही बमोजिम प्रबन्ध पत्रमा संशोधन गर्ने रहेको छ । कम्पनीको शेयरधनी दर्ता पुस्तिका चैत ११ गतेदेखि २४ सम्म बन्द रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको