अर्थ संसार, काठमाडौं– हिमालय उर्जा विकास कम्पनी लिमिटेडले निश्कासन गरको साधारण शेयर (आइपिओ) मा ३ गुणा बढीको आवेदन परेको छ ।
कम्पनीका प्रबन्धक प्रकाश दुलालका अनुसार आइताबार साँझसम्म ५१ हजार ३१६ जना आवेदनकाबाट ३७ लाख ३५ हजार २९० कित्ताको लागि आवेदन परेको छ ।
कम्पनीले यही चैत्र २० गतेबाट सर्वसाधारणको लागि १३ लाख ६६ हजार २ सय कित्ता साधारण शेयर निश्कान गरेको छ ।
सर्वसाधारण बाहेक ४४ हजार ५५० कित्ता अर्थात ३ प्रतिशत कर्मचारी र सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको ५ प्रतिशत अर्थात ७४ हजार २५० कित्ता छुट्याइएको छ ।
अहिले बजारमा आएका जलविद्युत् कम्पनीको शेयर मध्ये प्रतिमेगावाट लागत कम भएका कारण लगानीकर्ताहरुको उत्साहजनक सहभागीताले सेयर निष्काशन भएको तेश्रो दिनमै मागभए भन्दा ३ गुण बढी शेयर भएको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताए ।
कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा १२ मे.वा. को उपल्लो खिम्ति र ७ मे.वा. को अपर खिम्ति– दोस्रो गरी कुल १९ मे.वा. का आयोजनाहरु निर्माण गरिरहेको छ ।
विवरण पत्रमा उल्लेख भए अनुसार १९ मे.वा. निर्माण गर्नको लागि लागत करिव ३ अर्व १५ करोड रहेको छ । यसरी हेर्दा प्रति मे.वा. लागत करिव १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना यहि २०७६ आषाढ मसान्तमा सम्पन्न हुने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस