हेरौं, आजको शेयर तालिका
अर्थ संसार, काठमाडौं– केही महिना अघिदेखि थलिएको शेयर बजारमा हिजोआज रौनक देखिएको छ । विस्तारै शेयर बजारले गति लिन थालेको छ ।
सोमबारको शेयर बजारलाई हेर्दा दोस्रो बजारमा हरियाली छाएको छ । ९.३२ अंकले बढेको बजारमा कुल १७० वटा कम्पनीको २९ लाख ५१ हजार ४७८ कित्ता खरिदविक्री हुँदा ९० करोड ६९ लाख ३६ हजार ७६३ रुपैयाँको कारोबार भएको छ ।
कारोबार भएको समूहमध्ये ८ समूह उकालो लाग्दो नेप्से इन्डेक्स ११९१.५८ विन्दुमा पुगेको छ । क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.०२ अंकले बढेको छ ।
बढेको बजारमा बैकिङ ४.९८, विकास बैंक १.८३, जलविद्युत ०.६९, फाइनान्स १.२७, निर्जीवन बिमा १५३.७, उत्पादन ०.३१, माइक्रोफाइनान्स ३६.५१ र लाइफ इन्स्योरेन्स १६७.५ अंकले बढेको छ । यता, होटल ५.५ र अन्य २.५६ अंकले घटेको छ ।
समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सवै भन्दा धेरै आफ्नो आम्दानी झण्डै १० प्रतिशतले बढाउँदा राधी विद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सवै भन्दा धेरै ४.५७ प्रतिशतले आफ्नो आम्दानी गुमाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस