Like us!
Follow us!
Connect us!
Watch us!

यसरी चोर्दा रैछन् विद्युत प्राधिकरणकै कर्मचारीले, किन नहोस् लोडसेडिङ

सोमबार, १० माघ २०७३, ११ : ४७ मा प्रकाशित

यसरी चोर्दा रैछन् विद्युत प्राधिकरणकै कर्मचारीले, किन नहोस् लोडसेडिङ

अर्थ संसार

काठमाडौं–प्राधिकरण सधैं घाटामा । कर्मचारी सँधै मालामाल । सर्बसाधारण सधैं लोडसेडिङमा । नेपालको दृष्य हो यो । अरु केही दृष्य प्रहरीले सार्बजनिक गरेको छ । तिनलाई एक छिन हेरौं । नेपाल विद्युत प्राधिकरणका विल रिडरहरु उद्योग कलकारखाना, व्यक्ति विषेशका घरहरुमा गई मिटरमा उठेको रकमभन्दा कम अंकको विल बनाउने गरेको पाइएको छ । यसो गर्दा ग्राहकलाई फाइदा हुने भयो । त्यसबाट बचेको रकम मिटर रिडरले पाउने भए ।

यस्तै प्राधिकरणका वहालवाला र पूर्वप्राबिधिक र सुपरभाईजरले ग्राहकको मिटरको सिल काटिदिन्थे । त्यसपछि मिटरमा उठेको अंकलाई उल्टो घुमाइ दिन्थे । त्यसपछि बीलमा उठेको रकम ग्राहकले आधा ती प्राविधिकलाई दिन्थे । ती प्राविधिकले मिटरको सिल खोल्न र बन्द गर्न प्रयोग हुने उपकरण सिल वायर, सिल गोटी, हुक, कटिङ पिलास, नोजल पिलास, पेन्चिस, चक्कु, मार्तोल, टेप, टर्च लाईटजस्ता सामग्री आफूसँगै बोकेर हिँड्थे । अंक मिलाएपछि मिटरमा आफैले सिल लगाइ दिन्थे । यस्ता सामग्री साथमा राख्नु गैरकानुनी हो । 

 मिटर रिडरले मिटर जाँचेपछि हरेक महिना मिटरमा उठेको युनिटभन्दा कम युनिटको विल वनाउँदै जान्थे । त्यस्तो प्रक्रिया ४÷५महिनासम्म गरेपछि ग्राहकले टेक्निसियन बोलाएर मिटरको युनिट उल्टो घुमाउन लगाउँथे ।  टेक्निसियन कर्मचारीले मिटर बक्स आफ्नै घरमा लगेर मिलाई पुनःजडान गर्ने गरेको समेत पाइएको छ।

यस्तो काम बढी विद्युत खपत हुने उद्योग, कलकारखाना र व्यक्तिका घरहरुमा गरिएको पाइएको छ । यस्तो गर्ने कर्मचारीले ती उद्योग, ब्यक्तिबाट मासिक रुपमा मोटो रकम लिँदै आएका रहेछन् ।ती कर्मचारीले १२ वर्षदेखि विद्युत चुहावट गरी ठगी गर्ने गरेको पाइएको छ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले बल्ल ती ब्यक्तिहरुलार्ए पक्राउ गरेको छ । 

को को परे पक्राउ

यसरी पक्राउ पर्नेमा प्राधिकरणको बालाजु शाखा सुपर भाईजर काठमाडौं–२८ बस्ने ५० बर्षका सुमन श्रेष्ठ ,रामेछापको ठोसे घर भएकाप्राधिकरणका पूर्व मेन्टेनेन्स, मिटर रिडर ५६ बर्षका टहलबहादुर कार्की, सर्लाही घर भएका मिटर रिडर ५१ बर्षे महादेव प्रधान, सिन्धुपाल्चोक सुनाखानीका टेक्निसियन ३९ बर्षे अच्युत खड्का, अछामको भट्टाकाटिया घर भएका प्राधिकरणको बरिष्ठ सहायक ५२ बर्षे दिलबहादुर साउद, नुवाकोटको चारघरे घर भएका ४८ बर्षे मिटर रिडर ओम ढुंगाना, रामेछापको सालुपाटीका ५० बर्षे मिटर रिडर श्याम बस्नेत, काठमाडौको नागार्जुनका मिटररिडर ४६ बर्षे प्रदिप शर्मा, दाङको फूलवारी घर भएका मिटर रिडर ३९ वर्षे सूर्यबहादुर थापा, काठमाडौंको बानेश्वरका ४४ बर्षे मिटर रिडर ठाकुर महर्जन, काठमाडौं–१० का अर्का मिटर रिडर४९ वर्षे मनिज श्रेष्ठ, भक्तपुरको नुवाकोट घर भएका प्राधिकरणका पूर्व सुपरभाइजर ५४ बर्षे भगवान पाण्डेलगायतका प्राधिकरणका पूर्वकर्मचारी छन् । 

यसैगरी काठमाडौंको गोकर्णेश्वरमा मञ्जुश्री खानेपानी उद्योग संचालन गर्ने कुमार लामा, गौसलामा मिठाइ पसल गर्ने भारती नागरिक तपन घोस, नक्सालमा कपासको ब्यापार गर्ने भारतीय परवेज आलम, अनामनगरमा रामेश्वर मिठाइ पसल सञ्चालन गर्ने मोरङको कोशिहैरचाका रमेश चुँडाललगायत विद्युत चोर्ने ग्राहक हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको